

अमित प्रसाद भट्ट
शिक्षा मानव जीवनको उज्यालो मार्गदर्शक र समृद्ध समाज निर्माणको आधारशिला हो। यसै यथार्थलाई आत्मसात गर्दै शिक्षा शाखाले स्थानीय तहभित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास र प्रविधिमैत्री सिकाइलाई मूख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

नेपालको संविधानको धारा ३१ ले प्रत्येक नागरिकलाई शिक्षको मौलिक हक प्रदान गरेको छ । जस अन्तर्गत आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क पाउने व्यवस्था छ । साथै, मातृभाषामा शिक्षा पाउने हलाई पनि संविधानले सुरक्षित गरेको छ । यसैगरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले शिक्षाका क्षेत्रमा निर्धारण गरेका आधारभूत तथा माध्यमिक शिक्षा सम्बद्ध २३ वटा काम,कर्तव्य र अधिकारको विषय क्षेत्र भित्र पालिकाहरुले शैक्षिक कामकारवाही गरि रहेका छन ।
कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेलौरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट विद्यालय शिक्षा सम्बद्ध सबै कार्यहरु सम्पादन हुदै आएका छन ।
सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेलौरी नगरपालिका अन्तर्गत सामुदायिक ३१ तथा संस्थागत २२ गरी ५३ विद्यालयरहेका छन् । कक्षा १देखी १२ सम्मको पढाइ विभिन्न विद्यालयमा भइरहेको छ।अनौपचारिक तथा जीवनपर्यन्त शिक्षासम्बद्ध कार्यक्रम सञ्चालनका लागि ३ वटा सामुदायिक सिकाइ केन्द्र यहाँ रहेका छन। पालिका अन्तर्गतका सामुदायिक विद्यालय बालविकास शिक्षकहरुको संख्या ५१ रहेका छ। विद्यालय शिक्षा (आधारभूत तथा माध्यमिक) को व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहमा निहित रहेका छ । शिक्षाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय, प्रदेश तथा संघ सरकारबाट थुप्रै कार्यक्रम सञ्चालित छन् ।
संघीय नीति अनुरुप सबै विद्यालयलाई सूचना प्रविधिसंग आबद्ध गर्नका निम्ति ईन्टरनेटका लागितोकिएको रकम वितरण गरिएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि माध्यमिक तथा आधारभूत तह तर्फ पुस्ताकलय (लाईब्रेरी) विज्ञान प्रयोगशाला, आईसिटीका कार्यक्रमका माध्यमबाट सो सम्बद्ध सामग्रीको व्यवस्था गरिसकिएको छ । आधारभूत तहमा समेत थुप्रै शैक्षिक सन्दर्भ सामग्रीको वितरण गरिएको छ। शिक्षकहरुको पेशागत सक्षमता अभिवृद्धिका लागि विभिन्न अभिमुीकरण, छोटो अवधिको तालिम, अन्तरक्रिया सम्पन्न गरिएका छन्, जसबाट सामुदायिक तथा संस्थागत विद्यालयका थुप्रै शिक्षक लाभान्वित भएका छन ।
बेलौरी नगरपालिका भित्रका सामुदायिक विद्यालयका नवप्रवेशी शिक्षहरुलाई सम्बन्धीत विद्यालयमा पुगेरै मेन्टरिङ गर्ने कार्य गरियोजसबाट नवप्रवेशी शिक्षकमा हौंशला र पेशाप्रतिको उत्तरदायित्व बोधमा थप टेवा पुगेको छ। नगरस्तरीय राष्टपति रनिङ शिल्ड छनौट प्रतियोगिता समेत नगर खेलकुद समितिको समन्वयमा सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयको सहभागितामा सम्पन्न गरिएको छ।
गणतन्त्र दिवसको अवसरमा माध्यमिक र आधारभुत स्तरीय वतृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न भयो साथै पालिका स्तरीय हाजिरिजवाफ प्रतियोगिता पनि सम्पन्न भयो । विद्यालयको वृहत्तर विकासमा मुख्य सरोकार राख्ने व्यवस्थापन समिति अध्यक्ष र प्र. अ. को क्षमता विकासका लागि कार्यक्रम सम्पन्न भएका छन भने विभिन्न समसामयिक शैक्षिक विषयमा छलफल गरी शैक्षिक गुणस्तर एवं सुशासन प्रवर्धन गर्न प्र. अ. हरुको बैठक नियमित रुपमा आयोजना हुदैं आएको छ । विद्यालयको सर्वाङ्गीण विकासका लागि नगर प्रमुख, उपप्रमुख लगायत जन प्रतिनिधिबाट नियमित रुपमा विद्यालय अनुगमन हुदै आएको छ ।

आधारभूत तहको अन्तिम परीक्षा(कक्षा −८) केन्द्रगतगत रुपमा सञ्चालन गरिएको छ । ५ वटा केन्द्रमा सञ्चालन गरिएको परीक्षा स्तरीकृत परीक्षाको मापदण्डबमोजिम सञ्चालन गरिएको थियो । रोष्टर परीक्षकबाट उ.पु.परीक्षण तथा सम्परीक्षण एवं दक्ष कर्मचारीबाट अनलाइन मार्क इन्र्टीको कार्य गरिएको थियो । बढीमा २ विषयमा अनुपस्थित वा बढीमा २ विषयमा न्युनतम ग्रेड हासिल गर्न नसकेका परीक्षार्थीका लागि २ वटा परीक्षा केन्द्र निर्धारण गरि ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिएको थियो । विद्यार्थीलाई तथा सरोकारवालालाई पठनपाठनप्रति थप सक्रिय गराउनका निम्ति पालिकाको यो एउटा महत्वपुर्ण प्रयास हो ।
शिक्षक पेशागत सहयोग विकास कार्यक्रम अन्तर्गत विज्ञ समुहबाट शिक्षकलाई कार्यस्थलमै गइ पेशागत सहायता प्रदान गरिदै आइएको छ । आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीका सिकाइका आधारभूत क्षेत्रमा सक्षम बनाउनका लागि विभिन्न प्र.अ. तथा सम्बन्धित शिक्षकलाई तालिम दिइ विद्यार्थीको आधारभूत सक्षमता परीक्षण (निदानात्मक)परीक्षा सम्पन्न गरिएको छ र नतिजा विश्लेषण समेतको कार्य भएको छ ,जसका लागि सिकाइ आपुरण तथा द्रुत सिकाइ योजनाको बजेट कार्यान्वयन गरिएको थियो ।
आधारभूत तहका विद्यार्थीलाई दृश्य सामग्रीका माध्यमबाट सिकाइ सम्बद्ध विषयवस्तु सिकाउनका लागि सामुदायिक विद्यालयमा सामग्री वितरण गरिएका छन । विद्यालयको विकासका लागि एवं गतिविधिहरुलाई सरोकारवाला समक्ष पेश गरि अनुमोदन गराउनका लागि विद्यालय सुधार योजना तथा सामाजिक परीक्षणको कार्य सबै विद्यालयलाई समयमै गरिसक्न अनुरोध गरिनुका साथसाथै लेखापरीक्षणको कार्यलाई समेत समयमै गरिसक्न सूचना गरिएको छ । लेखापरीक्षणका लागि पालिकाले लेखापरीक्षकहरुको सूची तयार गरि सोहीबाट विद्यालयलाई नियमानुार प्राथमिकताक्रम तोकि छनौट गर्न लगाइएको छ ।
संघीय सरकारको नमुना विद्यालय कार्यक्रम अन्तर्गत सञ्चालित विद्यालयको कार्यप्रगति पनि निरन्तर रुपमा अगाडी बढी रहेको छ । विद्यालय सम्बद्ध सूचना एकद्वार प्रणालीबाट प्रवाह गर्न हरेक विद्यालयमा सूचना अधिकारीको विवरण सबैले देख्न सक्ने ठाउँमा राख्न लगाउने व्यवस्था मिलाइएको छ । संस्थागत विद्यालयलाई समेत अनिवार्य रुपमा लेखापरीक्षण लगायत विद्यालयको समाजसँगका गतिविधि सम्बद्ध विवरण पालिकामा पेश गर्न लगाइएको छ । सबै विद्यालयको वर्ष भरिको शैक्षिक गतिविधिमा एकरुपता कायम गर्नका लागि पालिकास्तरीय शैक्षिक कार्यपात्रो शिक्षकहरुकै संलग्नतामा निर्माण गरि वितरण गरिएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ मा भएको व्यवस्थाबमोजिम विद्यालय शिक्षाको पाठ्यक्रम तथा मुल्यांकनको बारेमा विद्यालय विद्यालयमा गइ अभिमुखीकरण दिने कार्य समेत सम्पन्न गरिएको छ ।
पालिकास्तरबाट तालिम कार्यक्रम आयोजना गर्दा संस्थागत विद्यालयलाई समेत समावेश गर्दै आइएको छ । विद्यालय अनुगमनका शिलशिलामा समेत विद्यार्थीले बुझ्ने भाषामा कसरी शिक्षण गर्ने भन्ने विषयमा शिक्षकहरुसँग अन्तरक्रिया तथा छलफल हुदै आएको छ । युएसएड अन्तर्गत अर्ली ग्रेड लर्निङ कार्यक्रम प्रारम्भिक कक्षामा पढाइ सुधारका लागि कार्यान्वयन भइराखेको छ भने क्वालिटी परियोजना अन्तर्गत प्राविधिक तथा व्यवसायिक शिक्षाको स्तरोन्नतीका कार्यक्रम सञ्चालित छन । त्यसै गरि पिसविन नेपालले किशोरीहरुको स्वास्थ्य सुरक्षा सम्बद्ध विषयवस्तु तोकिएका फेसिलेटरका माध्यमबाट दिदै आएको छ । शिक्षा तथा मानव श्रोत विकास र शिक्षा तालिम केन्द्रलाई अनुरोधै गरेरै भएपनि यस न.पा.का बढी भन्दा बढी जनशक्तिलाई शैक्षिक जनशक्ति विकास तालिम दिन आवश्यक प्रयास गरिएको
छ ।
बेलौरी न.पा.अन्तर्गतका युवाहरुलाई एकताबद्ध गरी नगर युवा सञ्जाल गरि सचेतनामुलक आवश्यक कार्यक्रम सञ्चालन गर्दै आइएको छ ।।समग्रमा बेलौरी न. पा. शिक्षा, युवा तथा खेलकुद शाखाबाट सम्पादन हुने कार्यहरु दुरस्त ढंगले समयमै सम्पादन हुदै आएका छन् ।महाकाली मा.वि. बेलौरीमा सञ्चालित आधारभूत तहको बौद्धिक अपाङ्गता विशेष कक्षा कार्यक्रम अन्तर्गत न.पा.बाट सशर्त अनुदान वितरण तथा अनुगमन कार्य हुदै आइरहेको छ । कञ्चनपुर जिल्ला अन्तर्गतका विशेष विद्यालय कार्यक्रम सञ्चालित विद्यालयका प्र.अ.तथा श्रोत शिक्षक सम्मिलित घुम्ती बैठकमा समेत शिक्षा शाखा र जनप्रतिनिधिको उपस्थिती रहदै आएको छ । आ.व.२०८२।०८३मा शिक्षा, युवा तथा खेलकुद शाखा अन्तर्गत भए गरेका एवं हुदै गरेको कार्यहरु तपशिल अनुसार रहेका छनः
१) आधारभूत तह (कक्षा १−८) स्थानीय विषयको पाठ्यक्रम तयार भइ विद्यालयहरुमा लागु तथा पाठ्यपुस्तक निर्माण कार्य चलि रहेको ।
२) आधारभूत तह अन्तिम (कक्षा –८) परीक्षा केन्द्रगत रुपमा स्तरीकृत परीक्षाकै ढाँचामा सञ्चालन ।
३)शिक्षक पेशागत सहयोगका लागि विज्ञ समुहबाट पेशागत सहायता प्रदान ।
४) जननमुना मा विको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत चित्र सहितको भित्तेलेखन कार्य सम्पन्न भई बजेट भुक्तानी भएको ।
५) पालिका अन्तर्गतका दलित,आदिवासी,सिमान्तकृत,अपाङ्ग,जेहन्दार विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम सञ्चालित ।
६) शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा नगर खेलकुद समितिको आयोजनामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अन्य विभिन्न विधाका खेलकुद प्रतियोगिता सम्पन्न ।
७) सामुदायिक तथा संस्थागत विद्यालयको सहभागितामा विभिन्न शैक्षिक (छोटो अवधिको) तालिम तथा अभिमुखीकरण एवं क्षमता विकास कार्यक्रम सञ्चालन
८ सामुदायिक विद्यालयका नवप्रवेशी शिक्षकहरुको क्षमता विकासका लागि मेन्टर शिक्षकद्वारा मन्टरिङ गर्ने कर्य गरियो।
९) सुदुरपश्चिम प्रदेश सरकारको विशेष व्यवस्थापनमा महाकाली मा.वि. बेलौरीमा प्रदेश स्तरीय विशेष शिक्षा आवासीय विद्यालय निर्माणको कार्य सञ्चालनमा रहेको
१०) न.पा अन्तर्गतका सामुदायिक विद्यालयका बाल विकास शिक्षकहरुलाई जिम्मेवारी प्रति थप क्रियाशिल बनाइ सक्षमता अभिवृद्धि गर्न एवं उत्प्रेरणा प्रदान गर्न सामग्री निर्माण तथा पुनर्ताजगी तालिम सम्पन्न तथा दृश्य सिकाइ सामग्री वितरण
११) पालिकाको आवधिक शिक्षा निर्माण भइ कार्यान्वयनमा रहको
१२) नयाँ नियुक्त तथा सरुवा भइ आएका शिक्षकलाई परिचय पत्र वितरण गरिएको तथा मागमा आधारित शिक्षक डायरीको व्यवस्था गरिएको (अघिल्लो आ.व.मा सबै विद्यालयका सबै शिक्षकलाई शिक्षक डायरी तथा शिक्षक परिचय पत्र वितरण कार्य सम्पन्न )
१३) शिक्षा तालिम केन्द्र तथा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको पत्रादेशबमोजिम पालिका अन्तर्गतका विभिन्न शिक्षकहरुको टिपिडी लगायत अन्य तालिममा सहभागिता
१४) सदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालयबाट सामुदायिक विद्यालयहरुमा भौतिक तथा गुणस्तर प्रवर्धन सम्बन्धी थुप्रै कार्यक्रम सञ्चालन
१५) हरेक विद्यालयबाट अनिवार्य रुपमा सामाजिक परीक्षण प्रतिवेदन,विद्यालय सुधार योजना लगायत तयार गर्न लगाइ विद्यालयको सुशासन झल्काउने पक्षलाई प्राथमिकतामा दिइ कार्यान्वयन गरिएको छ
१६) लेखापरीक्षकहरुको पालिकास्तरीय रोष्टर तयार गरि सोका आधारमा विद्यालयको लेखापरीक्षणको कार्य सम्पन्न गरिएको छ ।
१७) आधारभूत तहका विद्यार्थीको सिकाइ सक्षमता पहिचानका लागि निदानात्मक परीक्षा सञ्चालन गरि नतिजा विश्लेषण गरिएको छ ।
१८) गणतन्त्र दिवसको अवसरमा माध्यमिक र आधारभुत स्तरीय वतृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न भयो । साथै पालिका स्तरीय हाजिरिजवाफ प्रतियोगिता पनि सम्पन्न भयो ।
१९ ) शैक्षिक गुणस्तर अभिवृद्धि गरि विद्यार्थीको सिकाइलाई थप प्रोत्साहित गर्न अपनाउनु पर्ने रणनीतिबारे विद्यालय स्तरीय छलफल तथा अन्तरक्रियाका कार्यक्रम सम्पन्न भएका छन ।
२०) शैक्षिक पात्रोको निर्माण तथा वितरणबाट सबै विद्यालयमा कार्यगत एकरुपताको प्रयास गरिएको छ ।
लेखक बेलौरी नगरपालिकाका शिक्षा अधिकृत हुन् ।
