
चार लेन पुलमा झोला र चप्पल छाडेर वेपत्ता सुदूरपश्चिम विश्वविद्यालयकी छात्रा भेटिइन् महकाली नदीमा मृत

महेन्द्रनगर । महाकाली नदीको चार लेन पुलमा झोला र चप्पल छाडेर वेपत्ता सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका छात्रा कमला पाण्डेय नदीमा मृत भेटिएकी छन् । बुधबार पाण्डेयको सरसमान भेटिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।
प्रहरीले समान भेटिएको स्थान नदी नजिक नदीमा बिहीबार उनी मृत भेटिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले पाण्डेयको शव पानीमा फेला परेको बताए ।
‘महाकाली नदीमै शब भेटाईएको छ, अब पोष्टमाष्टम गर्नका लागि महाकाली अस्पतालमा राखएको छ, ‘उनले भने, ‘घटना बारे थप अनुसन्धान जारी छ ।’
बैतडी पाटन ठेगाना भएकी बिबिएस पाचौँ सेमेयष्टरमा अध्ययनरत कमला पाण्डेय महाकाली चारलेन पुल क्षेत्रबाट वेपत्ता भएकी थिईन् ।
चार लेन पुलमै पाण्डेयको झोला, पर्स किताब, परिचयपत्र, चप्पल भेटिएको थियो । कञ्चनपुरका युवा समाजिक अभियन्ता अमिर तिरुवाले उच्च शिक्षा तहमा अध्ययनरत विद्यार्थी यसरी बेपत्ता हुने कार्य दुखत भएको बताए । छोरी वेपत्ता भएपछि घर परिवारदेखि साथीभाई चिन्तित भएका छन् ।
