ghar sansar

बजेटमा सत्तारुढ दलका नेता कार्यकर्तासंगै अर्थमन्त्री आफैं छन् असन्तुष्ट, प्रतिपक्षी काँग्रेसले हेर्दैछ रमिता

khasi

महेन्द्रनगर । सुदूरपश्चिममा सत्तारुढ दलभित्र बजेटलाई लिएर विवाद चर्किएपछि प्रतिपक्षी काँग्रेस रमिता हेरेर बसेको छ ।

काँग्रेसमा बजेट विवादलाई सत्ता फर्काउने दाउ बनाउने सोच आएको छ । काँग्रेसले मुख्यमन्त्री खगराज भट्टको राजीनामा माग गरि सकेको छ ।

बजेट विवादमा सत्ता साझेदार एमाले सबैभन्दा बढी नराम्रोसंग फसेको छ । एमाले नेता कार्यकर्ता खुलेर बजेट विरुद्ध लागेका छन् ।

एमालेका अर्थमन्त्री चक्र मल्ल आफैंले बजेट छानबिनको प्रस्ताव अघि सारेका छन् । प्रदेश सभा बैठकमा उनले बजेट चौतर्फी ट्रयापममा परी आएको जानकारी गराएका छन् ।

बजेटको विरोध गर्दै प्रदेशसभा बैठक बहिष्कार गरेको काँग्रेस मुख्यमन्त्री खगराज भट्ट सहित सबै मन्त्रीको राजीनामा माग गरेको छ ।

dirghayi clinic

कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले अर्थमन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा दिएको अभिव्यक्तिलाई आधार बनाउँदै सरकारको राजीनामा माग गरेका हुन् । शाह आफ्नो सरकार गिराएको रिस अहिले बजेटबाट फेर्न चाहेका छन् ।

संसदीय समितिको प्रतिवेदन, पूरक बजेट ल्याउने सहमतिपछि सत्तारुढ नेकपाभित्रको असन्तुष्टि मत्थर हुन पुगेको छ ।
एमालेमा भने विवाद झन बल्झिने सम्भावना छ । एमालेका दुई साँसदले बजेट फेल गर्न सदनमा गयल भएका छन् ।

पार्टीले जारी गरेको निर्देशन उल्लङ्घन गरेको भन्दै एमालेले सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ भने प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।

बजेट पारित गर्ने प्रक्रियामा पार्टीको निर्देशन विपरीत अनुपस्थित भएका पाठक र थापासँग एमालेले ४८ घण्टाभित्र स्पष्टीकरण समेत मागेको छ ।

बजेट विवादसंगै एमाले आन्तरिक विवादमा समेत फसेको छ । पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै पाठकलाई सामाजिक विकास समिति सभापतिको जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय गरिएको हो ।

थापाले भने बजेट पारित भएपछि सभामुख भीमबहादुर भण्डारीसमक्ष प्रदेशसभा सदस्य पदबाट राजीनामा बुझाइसकेका छन् ।

चालु आर्थिक वर्ष २०८३÷८४ का लागि प्रदेश सरकारले ल्याएको ३७ अर्ब ७० करोड रुपैयाँको बजेट मंगलबार प्रदेशसभाबाट पारित भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...