ghar sansar

भुवन भट्टको स्मृतिमा कार्तिक पहिलो सातादेखि मेमोरियल फुटसल प्रतियोगिता

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१५ गोबरियामा स्वर्गीय भुवन भट्टको स्मृतिमा कञ्चनपुरका भुवन भट्ट मेमोरियल फुटसल प्रतियोगिता आयोजना हुन लागेको छ ।

स्टार क्लबको आयोजनामा आगामी कार्तिक ६ गतेदेखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने कार्यक्रम संयोजक सुयोगले जानकारी दिएका छन्।  प्रतियोगिता द रोयल फुटसलमा हुनेछ ।

dirghayi clinic

प्रतियोगितामा कुल ८० हजार रुपैयाँको पुरस्कार राशि राखिएको आयोजकले जनाएको छ ।

खेलकुदसँगै सामाजिक सेवालाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताबाट सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम अनाथालय वा वृद्धाश्रमलाई सहयोग गरिनेछ। साथै, प्रतियोगिताका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ ।

स्वर्गीय भुवन भट्टको स्मृतिलाई जीवन्त राख्दै युवाहरूबीच मित्रता, एकता र सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

Himal dental
सम्बन्धित
Loading...