ghar sansar

काँग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा सन्तोसी साउँद अझै पछाडि, अझै छन् आधा मत गन्न बाँकी

khasi

महेन्द्रनगर । काँग्रेस केन्द्रीय सदस्यको खुलामा सन्तोसी साउँद ऐरीले अझै अग्रता लिन सकेकी छैनन् ।

मत गणनाको सुरुवातदेखि पछाडि उनी आधा भन्दा बढी मत गणना हुँदा ११ औं स्थानमा छिन् । साउँदले हालसम्म ५ सय २६ मत ल्याएकी छन् ।

खस आर्यका ८ केन्द्रीय सदस्यका लागि ३२ जना उम्मेदवार छन् । साउँद काँग्रेस विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिइन् ।

dirghayi clinic

कञ्चनपुर ३ बाट खस आर्यमा निर्विरोध महाधिवेशन प्रतिनिधि भएकी साउँद मत गणनामा सुरुदेखि अग्रता लिन नसककेकी हुन् ।
हालससम्म मत गणनामा भएका सबै पदमा विशेष महाधिवेशनमा सहभागी काँग्रेसका नेता पराजित भएका छन् ।

कञ्चनपुर २ बाट महाधिवेशन प्रतिनिधि भएर केन्द्रीय सदस्य लडेका लेखराज जोशी र हरि प्रसाद बोहरा सुदूरपश्चिम भूगोलको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

सुदूरपश्चिम भूगोलबाट केन्द्रीय सदस्य निर्वाचित बहादुर थापा र दिवान विष्ट दुबै विशेष महाधिवेशन पछि मात्रै काँग्रेस संस्थापन पुगेका हुन् । उनीहरुमध्ये थापा निवर्तमान सभापति शेर बहादुर देउवा र विष्ट शेखर कोइराला निकट नेता हुन् ।
्मतगणनामा पछि परेकी साउँद पनि निवर्तमान सभापति देउवा निकट हुन् । उनी विशेष महाधिवेशनमा सहभागी भएर केन्द्रीय सदस्य भएकी थिइन् ।

खस आर्य महिला केन्द्रीय सदस्यमा डा. भद्रा पराजुली भण्डारी ९ सय ३५ मत ल्याएर पहिलो नम्बरमा छन् ।

उनीपछि जानुका पन्त ७१४, गीता देबकोटा ६९५, जानकी सिंह ६४५,अम्बिका सुवेदी ६०८, कृष्णा कुमारी बस्नेत ६ सय, अधिवक्ता सरिता तिम्सिना पंगेनी ५६९ मत ल्याएर अग्रता लिइ रहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...