

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री प्रकाश रावलले सु्दूरपश्चिमभरि दुई सय भन्दा बढी मन्दिरमा बजेट विनियोजन गरेका छन् । नेकपा एमाले सत्ता गठबन्धन सरकार बनेपछि रावल नेकपाबाट मन्त्री भएका छन् ।
२०७४ को निर्वाचनमा एमालेबाट जितेर छोटो समय उनी उद्योग मन्त्रालयको राज्य मन्त्री भएका थिए ।
एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादी हुँदै नेकपा भएका उनी अघिल्लो कार्यकालमा आर्थिक मामिला मन्त्री भएका थिए ।
असोज २५ गते सरकारले बजेट ल्याएको थियो । त्यसमा रावलको मन्त्रालय अन्र्तगतको सुदूरपश्चिम पर्यटन विकास कार्यक्रमको बजेटमा मन्दिर रोजिएका छन् ।
सुदूरपश्चिम सरकारको बजेट आएपछि पूर्व आर्थिक मामिला मन्त्री तारालामा तामाङ्गले टिभी ट्ुडेलाई दिएको अन्तवार्तामा मन्त्री रावलले सुदूरपश्चिम भरि दुई सय मन्दिरमा बजेट दिएको र त्यसमध्ये १ सय २० मन्दिर रावलको निर्वाचन क्षेत्रको भएको बताएका थिए ।
रावल कञ्चनपुर ३ क बाट प्रदेश साँसद निर्वाचित भएका थिए । उनी भीमदत्त नगरपालिका ६ का हुन् । मन्त्री रावलको घर नजिककौ मन्दिरमा पनि बजेट विनियोजन भएको छ ।
पर्यटन विकास कार्यक्रम अन्र्तगत १० लाख बढी रकम विनियोजन भएको छ ।
रावलका स्वकिय प्रज्वल कुँबरले मागका आधारमा बजेट विनियोजन गरिएको बताए ।
भीनपा ८, ७, ९ र बेदकोट ८ मा सबैभन्दा बढी मन्दिरमा बजेट दिइएको छ । यी रावलको निर्वाचन क्षेत्रका वडा हुन् ।

रावलले निर्वाचन क्षेत्र बाहिरको भीमदत्त नगरपालिका १३ का मन्दिरमा सबैभन्दा बढी बजेट दिएका छन् ।
भीनपा १३ मा स्वतन्त्र वडा अध्यक्ष छन् । निर्वाचन क्षेत्र बाहिर भीनपा ११ मा बढी बजेट दिइएको छ ।
भीनपा ११ मा सत्तारुढ नेकपामा मन्त्री रावलसम्म पहुँच भएका नेता छन् ।
भीनपा ११ को मालिकार्जुन लटिनाथ मन्दिर, दोधारा चाँदनी ७ पूर्णागिरी चौतारा नजिक, ग्वाल्लेक केदार गौरा मन्दिर भीनपा ८, सिद्धनाथ मन्दिर भीनपा १४, जल्पादेबी मन्दिर त्रिवेणी चोक खैरेनी चोक १५ लाख बजेट दिइएको छ ।
जल्पादेबी मन्दिर मन्त्री रावलको घर नजिक हो । यसमा वडा उल्लेख गरिएको छैन ।
भीनपा १२ को राधा कृष्ण मन्दिर, ८ को भूमिराज गौरादेबी मन्दिर, नव दु्र्गा मन्दिर, कमलशा बाबा धाम दोधारा चाँदनी, महाकाली माता मन्दिर अधुरो मन्दिर, शिब मन्दिर दोधारा चाँदनी, भम्केनी धाम, कलपठे मन्दिर, राधा कृष्ण मन्दिर, बैजनाथ मन्दिर, रौटेला मन्दिर, त्रिपुरा सुुन्दरी भगवती मन्दिर र विष्णु मन्दिर धाम बजेट हालिएको छ ।
यसैगरी नव द्ुर्गा भवानी मन्दिर, औडेता कालिलिंगा गौरादेबी मन्दिर गोरबैया, धार्मिक साँस्कृतिक संग्राहलय भीनपा १८, खोदाई नाथ मन्दिर भीनपा ११, निङ्गलाशैनी भगवती माता मन्दिर, कृष्ण मन्दिर सत्संग भवन बाँसखेडा, बैजनाथ मन्दिर मटेना, दोगडा केदार मन्दिर बेदकोट, निलपाल देपता भीनपा १३, थुनुवा मन्दिर बेदकोट ८, बैजनाथ मन्दिर कबर्ड हल पछाडि १२ लाख, शिव पार्वती मन्दिर भीनपा १८ र हुनैनाथ गौरा मन्दिर भीनपा ११ लाई बजेट दिइएको छ ।
बेदकोट ८ को पूर्णागिरी मन्दिर, टेडी मन्दिर भीनपा ५, हरिहर घाट भीनपा १३, सिद्धनाथ बैजनाथ गौरा मन्दिर भीनपा १५, भूमिराज प्राचिन मन्दिर भीनपा ८, रमानुज घाट २२ लाख, काफलाशैनी मन्दिर बेदकोट ८, गौरा देबी मन्दिर भीनपा १५, भवानी मसानी मन्दिर भीनपा १४, बैजनाथ भैरब नाथ मन्दिर भीनपा १०, दोगडा भूमिराज मन्दिर भीनपा ९, गौरा महेश्वर मन्दिर भीनपा ४, गौरा देबी मन्दिर भीनपा ३, कैलपाल मन्दिर भीनपा १०, थुनुवा मन्दिर भीनपा २, महालक्ष्मी सत्संग गीता मन्दिर भीनपा ४, गौरा महेश्वर भीनपा ७, सिद्धनाथ बैजनाथ मन्दिर भीनपा ८, कालिका मन्दिर भीनपा ९, दोगडा मन्दिर भीनपा ७, नव दुर्गा जाखलदेबी मन्दिर भीनपा ८, सिद्धनाथ मन्दिर भीनपा ७, अस्मि केदारनाथ गौरादेबी मन्दिर भीनपा ७, राधा कृष्ण मन्दिर भीनपा ४, डाडा बाग मन्दिर समिति भीनपा १०, महाकाली बहुप्राविधिक शिक्षालयभित्र सरस्वती मन्दिर, बैजनाथ मन्दिर भीनपा २, विष्णु मन्दिर भीनपा १०, भूमिराज मन्दिर भीनपा ८, सन्नाकोटी मन्दिर भीनपा ७, विश्वकर्मा मन्दिर भीनपा ५, विश्वकर्मा मन्दिर भीनपा ३, बैजनाथ मन्दिर भीनपा १०, गौरादेबी मन्दिर भीनपा २, निङ्गलाशैनी मन्दिर भीनपा ९, दुर्गा मालिका भगवती मन्दिर भीनपा ६, हुनैनाथ मन्दिर भीनपा ८, बैजनाथ मन्दिर भीनपा १० र भूमिराज मन्दिर भीनपा ८ मा बजेट आएको छ ।
भीनपा ८ को गौरादेबी मन्दिर, शिव मन्दिर भीनपा ४, सिद्ध बैजनाथ मन्दिर भीनपा २, धुन घर निर्माण भीनपा ९, जगन्नाथ मन्दिर भीनपा ३, बैजनाथ गौरा मन्दिर बेदकोट ८ र बैह्मदेब डोलारी डोलाणी भीनपा ८ का लागि बजेट आएको छ ।
मन्त्री रावल आफैं सुदूरपश्मिच सरकारका प्रवक्ता हुन् । मन्त्रीका क्षेत्र बाहेक त्यसपछि अर्थमन्त्री चक्र मल्लको गृह जिल्लामा सबैभन्दा बढी मन्दिरका योजना परेका छन् ।
