ghar sansar

भम्केनी धाममा पूर्वाधार बनाउन सुदूरपश्चिम सरकारले दियो तीन करोड बजेट

khasi

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले भम्केनी धाममा पूर्वाधार निर्माणका लागि तीन करोड बजेट दिएको छ ।

भीमदत्त नगरपालिका ८ स्थित धाममा उद्योग, वन, वातावरण मन्त्रालयको प्रदेश पर्यटन विकास कार्यत्रम अन्र्तगत बजेट दिइएको छ ।

भम्केनीमा निर्माणाधिन नेपाल आमाको मूर्ति लगायत संरचनाका लागि बजेट माग भएको थियो ।

dirghayi clinic

यस अघि धामका लागि ८ करोड बजेट छ्ुटयाइएको थियो । त्यसलाई निरन्तरतता दिन माग गरिए पनि केही साँसदले त्यसको विरोध गरेका थिए ।
मन्त्रालयले त्यसपछि चालु आर्थिक वर्षका लागि तीन करोड बजेट विनियोजन गरेको हो ।
सुदूरपश्चिम सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री बिक्रम सिह धामीले पुरानो बजेटलाई निरन्तरता दिनु पर्ने बताएका थिए ।

नेकपा एमाले गठबन्धन हुन अघि काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नेतृत्वको सरकारमा धामी आर्थिक मामिला मन्त्री थिए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउँद भम्केनी धाम पर्यटकीय गन्तव्य छानिएको थियो ।

भम्केनी धामले प्रमुख धार्मिक तथा पर्यटकीय स्थलका रुपमा पहिचान बनाएको छ ।

केही वर्षदेखि भम्केनी धाम क्षेत्रमा अष्ट धातुबाट नेपालको आमा ७५ मिटर लामो मूर्ति निर्माण सुरु गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...