ghar sansar

भीमदत्त ८ मा नक्कली विद्यालयलाई १५ लाख बजेट

khasi

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले भीमदत्त नगरपालिका ८ मा नभएको विद्यालयलाई १५ लाख बजेट दिएको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा सामाजिक विकास कार्यालय अन्र्तगत जनज्योति माध्यमिक विद्यालयका लागि पर्खाल निर्माण र आइसिटीमा बजेट आएको हो ।

बजेट पुस्तिकामा विद्यालयको पर्खाल निर्माणमा १० लाख र आइसिटी व्यवस्थापनमा ५ लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकार बजेट आएपछि विद्यालयको खोजी थालिएको छ ।

भीमदत्त ८ का स्थानीय भगिरथ पाण्डेयले ८ नम्बर वडामा जनज्योति माध्यमिक विद्यालय नभएको बताए । ‘यो विद्यालय त हाम्रो वडामा छैन, बजेट किन कसरी आयो’ उनले भने ।

८ नम्बर बाहेक भीमदत्तका अन्य वडामा सरकारी जनज्योति माध्यमिक विद्यालय छैन् ।

भीमदत्त नगरपालिका १८ भाँसीस्थित निजी क्षेत्रबाट सञ्चालित जनज्योति माध्यमिक विद्यालय छ ।

dirghayi clinic

त्यस बाहेक भीमदत्तका सबै १९ वडामा जनज्योति माध्यमिक विद्यालय नभएको पाइएको छ ।

भीमदत्त ८ मा तिलाचौरस्थित त्रिभुवन माध्यमिक विद्यालय मात्रै छ । अहिले विद्यालय नभएको ठाउँमा बजेट आएपछि विद्यालय खोजी भएको छ ।

सामाजिक सञ्जालबाट विद्यालय नभएको ठाउँमा बजेट हालिएको भन्दै आलोचना सुरु भएको छ ।

समाजसेवी कर्ण बहादुर चन्दले सामाजिक सञ्जालबाट बजेट हालिएको विद्यालय कहाँ रहेछ भनेर सोधेका छन् ।

‘सुप प्रदेश सरकारले हालै प्रस्तुत बजेटमा भीमदत्त नपा वार्ड नं ८ को जनजोती विद्यालयमा बजेट विनियोजित गरेको छ । वार्ड न ८ मा जनजोती विद्यालय कहाँ निर रहेछ कुन टोलमा छ कसैलाई जानकारी छ’ चन्दले भनेका छन् ।

सामाजिक विकास कार्यालय अन्र्तगत सामाजिक विकास मन्त्रालय र अन्य साँसदको बजेट बजेट सिलिङ्गबाट योजना राखिएका छन् ।

चन्दले प्रदेश सरकारको नीति र कार्यक्रम विपरित बजेट आएको भन्दै विरोध गर्दै आएका छन् ।

अहिले सत्ता साझेदार दल एमालेका सन्तोस शर्मा थापा सामाजिक विकास मन्त्री छन् । यस अघि काँग्रेसका बेल बहादुर राना मन्त्री र मधुदेबी भारतीय राज्यमन्त्री थिइन् ।

 

Himal dental
सम्बन्धित
Loading...