ghar sansar

रास्वपा सभपाति लामिछाने धनगढी पुगे, भारत जाँदै

khasi

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धनगढी पुगेका छन् । तीनदिने भ्रमणका लागि भारततर्फ प्रस्थान गर्न उनी धनगढी पुगेका हुन् ।

धनगढी विमानस्थलमा लामिछानेको रास्वपा कार्यकर्ताले स्वागत गरेका थिए । लामिछाने श्रीमती निकिता पौडेलसहित तीनदिने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्न धनगढी पुगेका हुन् ।

भ्रमणका क्रममा भारतको उत्तराखण्डस्थित नैनीताल, कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ ।

भारत भ्रमणका लागि आज बिहान काठमाडौँबाट कैलालीको धनगढी विमानस्थल आइपुगेका लामिछानेले व्यक्तिगत भ्रमण भएकाले कसैलाई ‘खिचडी नपकाउन’ अनुरोध गरेका हुन् ।

dirghayi clinic

आफू कारागार हुँदा नै उत्तराखण्डको नैनीतालस्थित कैचीँधाम जाने भाकल गरेकोले सोही पूरा गर्न जान लागेको उनले बताए। ‘व्यक्तिगत भ्रमणमा छु। पहिल्यादेखि जाने भाकल पनि थियो । धार्मिक आस्था विश्वास, मेरो परिवार पनि आध्यामिक भएकाले पहिलादेखि जाउँला भन्ने थियो,’ उनले भने, ‘म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो ।’

कैंची धाम र कामाख्य मन्दिर नै किन रोज्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भाकल पूरा गर्न जान लागेको

बताए । उनले आफ्नो कुनै राजनीतिक भ्रमण नभएको स्पष्ट पारे ।

‘राजनीतिक भेटघाट केही छैन । व्यक्तिगत भ्रमण भएकाले कसैलाई खिचडी नपकाउन आग्रह गर्छु,’ उनले भने, ‘राजनीतिक र व्यक्तिगत भ्रमणलाई अलग्याउन आग्रह गर्दछु ।’

धनगढी विमानस्थलमा सभापति लामिछानेसँगै भूमि व्यवस्था तथा सहकारी संघीय मामिलामन्त्री प्रतिभा रावल र सांसद दीपक बोहोरा पनि थिए ।

लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए । धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ प्रवेश गरेका छन् । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै उनी भारत लाग्नेछन् ।

Himal dental
सम्बन्धित
Loading...