ghar sansar

गड्डाचौकी भएर भारत निस्किए रास्वपा सभापति लामिछाने

khasi

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पश्चिमी नाका गड्डाचौकी हुँदै भारत प्रस्थान गरेका छन् ।

तीन दिने भारत भ्रमणका लागि शुक्रबार बिहान धनगढी पुगेका लामिछाने केही समय अघि गड्डाचौकी नाका भएर भारतीय सीमावर्ती सहर वनबासा निस्किएका हुन् ।

रास्वपा नेताहरुले सभापति लामिछानेलाई विदाई गरेका छन् । कञ्चनपुर प्रहरी प्रमुख नेत्रमण गिरी, सशस्त्र प्रहरीका एसपी सहित सुरक्षा अधिकारी पनि गड्डाचौकी पुगेका छन् ।

सभापति लामिछाने धनगढी विमानस्थलमा आफू पारिवारिक भ्रमणका लागि भारत जान लागेको बताएका छन् । श्रीमती निकिता पौडेल सहित धनगढी पुगेका उनलाई नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

भारतका विभिन्न धार्मिक स्थल तीर्थाटनका लागि सभापति लामिछाने भारत गएका छन् ।

dirghayi clinic

भारतको उत्तराखण्डस्थित नैनीताल, कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम भएको लामिछानेले बताएका छन् ।

धनगढी विमानस्थलमा लामिछानेले व्यक्तिगत भ्रमण भएकाले कसैलाई ‘खिचडी नपकाउन’ अनुरोध गरेका छन् ।

आफू कारागार हुँदा नै उत्तराखण्डको नैनीतालस्थित कैचीँधाम जाने भाकल गरेकोले सोही पूरा गर्न जान लागेको उनले बताए। ‘व्यक्तिगत भ्रमणमा छु । पहिल्यादेखि जाने भाकल पनि थियो । धार्मिक आस्था विश्वास, मेरो परिवार पनि आध्यामिक भएकाले पहिलादेखि जाउँला भन्ने थियो,’ उनले भने, ‘म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो ।’

कैंची धाम र कामाख्य मन्दिर नै किन रोज्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भाकल पूरा गर्न जान लागेको बताए । उनले आफ्नो कुनै राजनीतिक भ्रमण नभएको स्पष्ट पारे ।

‘राजनीतिक भेटघाट केही छैन । व्यक्तिगत भ्रमण भएकाले कसैलाई खिचडी नपकाउन आग्रह गर्छु,’ उनले भने, ‘राजनीतिक र व्यक्तिगत भ्रमणलाई अलग्याउन आग्रह गर्दछु ।’

धनगढी विमानस्थलमा सभापति लामिछानेसँगै भूमि व्यवस्था तथा सहकारी संघीय मामिलामन्त्री प्रतिभा रावल र सांसद दीपक बोहोरा पनि थिए ।

लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए ।

Himal dental
सम्बन्धित
Loading...