

महेन्द्रनगर । बेदकोट नगरपालिका ३ दैजीस्थित शारदा माध्यमिक बिद्यालयको प्रवेशद्वारमा धिरेन्द्र सिंह धामीको घर । घरमै धामी परिवारको चिया पसल छ । पसल धामीका बुवाले चलाउँछन् ।
धिरेन्द्र आस्था पुञ्ज बोर्डिङ्ग स्कुलमा पढाउँछ्न । आस्थापुञ्ज बेदकोट नगरपालिका १ रडाहामा छ ।
धामीको घर नजिक छ कालु डगौराको घर । आमा बुवा गुमाएका डगौरा शारीरिक रुपमा अशक्त छन् । सहारा सबै गुमेपछि डगौरा आफन्तको घरमा बसेका छन् ।
दुई बर्षभित्र एक पछि अर्को गरी डगौरले आमा गुमाएका हुन । दुई बर्ष बुवाको मृत्यु भएपछि आमाले उनको हेरचाह गर्दै आएकी थिइन । डेढ बर्ष अघि आमा पनि छाडेर गएकी थिइन ।
छिमेकी डगौराको हालत देखेर धामी केही गर्न सके राम्रो हुने सोच्थे । बिद्यालय बाहेक समयमा उनी सामाजिक संजालमा गाउ घरका समस्या बाहिर ल्याउदै आएका छन् ।
१५ शैय्याको नगर अस्पताल निर्माणको ढिलाईबारे कञ्चनपुर २ का साँसद दीपक बोहरासित गरिएको कुराकानी भाइरल भएको थियो ।

अस्पताल निर्माण स्थलमा धामीले अस्पताल निर्माण ठेकेदार कम्पनीका सञचालकसित कुरा गरेका थिए ।

सामाजिक सञ्जालमा जनताका समस्या उठाउदै आएपछि धामीले सामाजिक अभितन्ताको परिचय बनाएका छन् ।
धामीले डगौराका लागि फेसबुकमा सहयोग अभियान सुरु गरे ।
देश बिदेशबाट उनले साथ पाए । सहयोग रकम डगौराको घरमा पुगेर हस्तान्तरण गरे । सहयोगी सवैको नाम सहित सामाजिक संजालबाट सार्वजनिक गरे ।
एक लाख ३० हजार बढी सहयोग रकम संकलन भयो । बिहीबार धामीले डगौरालाई उपचारका लागि भारतको बरेली लगेका छन् ।
बरेलीको राममूर्ति अस्पतालमा डगौरालाई लगिएको छ । घरमा एम्बुलेन्स बोलाएर धामी आफैले डगौरालाई बरेली लगेका छन् ।
डगौरालाई बरेली लैजादाको भिडियो सामाजिक सञ्जालमा आएको छ ।
डाक्टरसित सल्लाह गर्ने र उपचार हुन सकेर निको हुने अवस्था भए डगौरालाई अस्पताल भर्ना गरिने धामीले बताए ।
