ghar sansar

अन्य दल छाडेर रास्वपा आएकामाथि सभापति विष्टको निर्मम प्रहार, भन्छन्– प्रवृति नछाडी आउँदैमा रास्वपा भइदैन, त्यो त अवसरवादी मात्रै हो

khasi

महेन्द्रनगर । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कञ्चनपुरका सभापति पदम बिष्टले अन्य दल छाडेर रास्वपा आएका नेता कार्यकर्तामाथि निर्मम प्रहार गरेका छन् ।

सभापति बिष्टले सामाजिक संजालबाट शनिबार बिहान पार्टी प्रवेश गरेरे मात्रै रास्वपा हुन नसक्ने चेतावनी दिएका छन् ।
बिष्टले रास्वपा हुनका लागि छाडेको दलको सबै कुरा छाडेको हुनु पर्ने बताएका छन् ।

छाडेको दलको चरित्र, स्वार्थ र प्रवृति बोकेर आएको भए रास्वपा नभएर अवसरवादी भएको बिष्टले उल्लेख गरेका छन् ।
‘कुनै अमुक दलमात्र त्याग्नुभयो तर त्यसको चरित्र, स्वार्थ र प्रवृत्तिसँगै बोकेर आउनु भएको छ भने तपाईं रास्वपा होइन, अवसरवादी मात्रै हो’ सामाजिक सञ्जालमा बिष्टले भनेका छन् ।

dirghayi clinic

 

सभापति बिष्टले रास्वपामा अवसरवादको रोग नाओस भनेर कामना गरेका छन् । उनले व्यक्ति नभएर बिचार प्रधान हुनु पर्नेमा जोड दिएका छन् ।

उनले भनेका छ्न, पार्टी बदल्नु राजनीतिक विकल्प हुन सक्छ, तर प्रवृत्ति बदल्नु वास्तविक रूपान्तरण हो । आउनुहोस्, सबै मिलेर कामना गरौँ, रास्वपामा अवसरवादको यो रोग कहिल्यै नलागोस् । यहाँ व्यक्ति होइन, विचार प्रधान बनोस्; स्वार्थ होइन, सिद्धान्त प्रधान बनोस्; पद होइन, जनसेवा प्रधान बनोस् । जय श्रीराम।’

बिष्ट रास्वपाका संस्थापक सभापति हुन । उनी रावण नामले परिचित छन् । रामलिलामा उनी रावणको पात्र हुने गरेका छन् ।

बामपन्थी राजनीतिक पृष्ठभूमिका बिष्ट भीमदत्त ३ तिलकपुरका बासिन्दा हुन् ।

Himal dental
सम्बन्धित
Loading...