ghar sansar

अर्थमन्त्रीले भारतमा दिएको अभिव्यक्तिको विरोध गर्दै एमाले युवा नेता सिंह भन्छन् –भारतको विरोध गर्नु राष्ट्रवाद नहोला, तर अनुचित दबाबको प्रतिरोध गर्नु चाहिँ राष्ट्रघात कसरी हुन्छ अर्थमन्त्रीज्यू ?

khasi

महेन्द्रनगर । एमाले युवा नेता बचन बहादुर सिंहले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय राजधानी दिल्लीमा दिएको अभिव्यक्तिलाई लिएर असन्तुष्टि पोखेका छन् ।

अर्थमन्त्री वाग्लेले दिल्लीमा भारतको विरोध गरी राष्ट्रवादी हुने दिन सकिएको अभिव्यक्ति दिएका थिए ।

नेता सिंह सामाजिक सञ्जालबाट राष्ट्रयवाद दिल्लीबाट सिक्ने विषय नभएको र नेपाली भूमिमै सिक्नु पर्ने बताएका छन् ।

dirghayi clinic

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिको छानबिन गरी दोषी देखिए जनतासंग माफी माग्न पर्ने माग सिंहले गरेका छन् ।

‘राष्ट्रवादको पाठ दिल्लीबाट सिक्नुपर्ने होइन, नेपालको माटो, इतिहास र स्वाधीनताबाट सिक्नुपर्ने हो। नेपालको स्वाभिमानमा आँच पुग्ने अभिव्यक्ति दिएको प्रमाणित भए तपाईंले आत्मालोचना गर्दै नेपाली जनतासँग माफी माग्नु पर्छ’ उनले भनेका छन् , ‘नेपाल कसैको छायाँ होइन, सार्वभौम राष्ट्र हो। मित्रता बराबरीमा, कूटनीति स्वाभिमानमा र राजनीति राष्ट्रिय हितमा हुनुपर्छ—यसमा कुनै सम्झौता हुँदैन ।’

नेता सिंहले भारतको विरोध नगर्न राष्ट्रवाद र भारतको अनुचित दबावको प्रतिरोध गर्न कसरी राष्ट्रघात हुन्छ भनेर अर्थमन्त्री वाग्लेलाई सोधेका छन् ।

‘भारतको विरोध गर्नु राष्ट्रवाद नहोला, तर भारतको अनुचित दबाबको प्रतिरोध गर्नुचाहिँ राष्ट्रघात कसरी हुन्छ अर्थमन्त्रीज्यू ? सबै छिमेकीसँग मित्रता राख्नु नेपालको हितमा हुन्छ, तर राष्ट्रिय स्वाभिमान बन्धक राख्नु कूटनीति र राजनीति होइन। नेपालको विदेश नीति दिल्लीको प्रशंसाका लागि होइन, नेपाली जनताको हितका लागि सञ्चालन हुनु पर्छ’ उनले भनेका छन् ।

राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका प्रश्नलाई सामान्य राजनीतिक बहस भनेर पन्छाउन नमिल्ने भन्दै उनले भारतको बिरोध गरेर राष्ट्रबादी बन्ने युगको समाप्ति भइ सकेको भन्नु आफैमा कृतघ्नता हो र राष्ट्रद्रोही भनाई रहेको उल्लेख गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...