

महेन्द्रनगर । इलाका प्रहरी कार्यालय गड्डाचौकीले भारतबाट आएको माछा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार २५ किलो माछा बरामद गरिएको छ । बरामद माछा १२ हजार ५ सय मूल्य बराबरको छ ।

गड्डाचौकी नाका भएर भारतबाट आएको ८० हजार मूल्य बराबरको कस्मेमिटका समान अस्थायी प्रहरी विट बसपार्कले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार समान ८० हजार मूल्य बराबरको छ ।
इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले ६४ हजार मूल्य बराबरको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
