ghar sansar

दैजीका डगौराका लागि दक्षिण कोरियाबाट भुवन थापाले फेरि पठाए सहयोग

khasi

महेन्द्रनगर । बेदकोट नगरपालिका ३ दैजीका कालु डगौराका लागि भुवन थापाले दक्षिण कोरियाबाट फेरि सहयोग पठाएका छन् ।

थापाले केही दिन अघि दक्षिण कोरियामा सहयोग संकलन गरी ४९ हजार पठाएका थिए । आइतबार फेरि थापाले १२ हजार ७ सय ३६ रुपैँया सहयोग पठाएका छन् ।

वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पुगेका थापा बेदकोट ३ दैजीका हुन् ।

दैजीका अशक्त र अनाथ डगौराका लागि सामाजिक अभियन्ता धिरेन्द्र सिंह धामीले सहयोग संकलन अभियान सुरु गरेका छन् ।

सहयोग संकलन गरी धामीले डगौरालाई भारतको बरेली लगेर अस्पताल भर्ना गरेका छन् । ‘वहाँले फेरि सहयोग पठाउनु भएको छ, यसका लागि हृदय देखि नै नमन गर्दछु’ धामीले भने ।

आमा र बुवा गुमाएपछि बेसहरा भएका आफन्तको घरमा बस्दै आएका डगौराका लागि धामीले सहयोग संकलन अभियान सुरु गरेका हुन् ।

दुई वर्षदेखि घर बाहिर आउन नसकेका डगौरालाई तीन दिन अघि बरेली लगिएको थियो ।

अहिले बरेलीमा उनलाई भास्कर हस्पिटलमा भर्ना गरी फिजियोथेरोपी थालिएको छ । डगौराको उपचारका लागि सुरुमा बरेलीको राममूर्ति हस्पिटलमा पुगाइएको थियो । अस्पतालमा स्वास्थ्य जाँचपछि उपचार हुन नसक्ने भएपछि भास्कर लगिएको हो ।

dirghayi clinic

्डगौरा लगातार दुई बर्ष सुतेकाले उपचार गर्न सकिने अवस्था नभएको देखिएपछि फिजियोथेरापीका लागि भास्कर लैजान राममुर्तिका चिकित्सकले सल्लाह दिएको धामीले बताए ।

धामी बेदकोट नगरपालिका १ रडाहास्थित आस्था पुञ्ज बोर्डिङ्ग स्कुलमा पढाउँछ्न ।

दुई बर्षभित्र एक पछि अर्को गरी डगौरले आमा गुमाएका हुन । दुई बर्ष बुवाको मृत्यु भएपछि आमाले उनको हेरचाह गर्दै आएकी थिइन । डेढ बर्ष अघि आमा पनि छाडेर गएकी थिइन ।

छिमेकी डगौराको हालत देखेर धामी केही गर्न सके राम्रो हुने सोच्थे । बिद्यालय बाहेक समयमा उनी सामाजिक संजालमा गाउँ घरका समस्या बाहिर ल्याउदै आएका छन् ।

१५ शैय्याको नगर अस्पताल निर्माणको ढिलाईबारे कञ्चनपुर २ का साँसद दीपक बोहरासित गरिएको कुराकानी भाइरल भएको थियो ।

अस्पताल निर्माण स्थलमा धामीले अस्पताल निर्माण ठेकेदार कम्पनीका सञचालकसित कुरा गरेका थिए ।

सामाजिक सञ्जालमा जनताका समस्या उठाउदै आएपछि धामीले सामाजिक अभितन्ताको परिचय बनाएका छन् ।धामीले डगौराका लागि फेसबुकमा सहयोग अभियान सुरु गरे ।

देश बिदेशबाट उनले साथ पाए । सहयोग रकम डगौराको घरमा पुगेर हस्तान्तरण गरे । सहयोगी सवैको नाम सहित सामाजिक संजालबाट सार्वजनिक गरे ।

एक लाख ३० हजार बढी सहयोग रकम संकलन भयो । बिहीबार धामीले डगौरालाई उपचारका लागि भारतको बरेली लगेका छन् ।

बरेलीको राममूर्ति अस्पतालमा डगौरालाई लगिएको छ । घरमा एम्बुलेन्स बोलाएर धामी आफैले डगौरालाई बरेली लगेका थिए ।

Himal dental
सम्बन्धित
Loading...