ghar sansar

कञ्चनपुर ३ का साँसद महताले मागे आफ्नो निर्वाचन क्षेत्रका अलपत्र योजनाको विवरण, तीन दिनभित्र पठाउन आग्रह

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद ज्ञानेन्द्र सिंह महताले आफ्नो क्षेत्रमा अलपत्र योजनाको विवरण आफूलाई उपलब्ध गराउन आग्रह गरेका छन् ।

साँसद महताले बिहीबार सामाजिक सञ्जालबाट अत्यन्त जरुरी सूचना भन्दै सार्वजनिक गरी तीन दिनभित्र ती योजनाको विवरण उपलब्ध गराउन सम्बन्धित निकायसित आग्रह गरेका हुन् ।

सार्वजनिक सूचना अनुसार ठेकेदारको लापरवाही वा अन्य कारणले निर्धारित समय सीमा भित्र सम्पन्न नभएका योजनाको विवरण मागेका हुन् ।

dirghayi clinic

साँसद महताले आयोजनाको नाम, स्थान, ठेकेदारको नाम, सम्झौता अवधि तथा हालको अवस्था सहितको विवरण कार्यालयसित माग गरेका छन् ।

अलपत्र आयोजनाको पहिचान गरी समयमै सम्पन्न गराउन सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने उद्देश्यले यो विवरण संकलन गर्न लागिएको सूचनामा उल्लेख गरिएको छ ।

‘कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत ठेकेदारको लापरबाही वा अन्य कारणले अलपत्र परेका तथा निर्धारित समयमा सम्पन्न नभएका आयोजनाहरूको विवरण उपलब्ध गराइदिनुहुन सम्बन्धित सबै सरोकारवालाहरूमा अनुरोध गरिन्छ। सम्बन्धित आयोजनाको नाम, स्थान, ठेकेदारको नाम, सम्झौता अवधि तथा हालको अवस्थासहितको विवरण यो सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र हाम्रो कञ्चनपुरस्थित सम्पर्क कार्यालयमा उपलब्ध गराइ दिनु हुन अनुरोध छ ’ साँसद महताले जारी सूचनामा भनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...