

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ तिलौचारस्थित विपाश्यना ध्यान केन्द्रले सुदूरपश्चिम सरकारबाट दुई करोड बजेट पाएको छ ।
उद्यमी व्यवसायी नारद पाण्डेयले आफ्नो व्यक्तिगत जग्गामा सुदूरपश्चिम विपश्यना साधना केन्द्र बनाएका छन् । सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षको बजेटमा ध्यान केन्द्रका लागि एक करोड ८० लाख बजेट दिएको छ ।
विपासना साधना केन्द्रका नाममा तीन शीर्षकमा बजेट दिइएको हो । ती तीन शीर्षकमध्ये पूर्वाधार निर्माणका लागि सबैभन्दा बढी ५० लाख बजेट आएको छ ।
त्यस बाहेक भौतिक पूर्वाधार निर्माण र भवन निर्माणका लागि पनि बजेट आएको छ । ती दुबै कामका लागि १५÷१५ लाख बजेट आएको हो ।
सुदूरपश्चिम सरकारले असोज २५ गते बजेट ल्याएको थियो । बजेट आएपछि चौतर्फी विरोध भएको छ ।
सत्ता साझेदार दल एमालेभित्र व्यापक असन्तुष्टि बढेको छ । एमाले साँसद बिर बहादुर थापाले बजेट विरोध गरी पद गुमाएका छन् ।

विशासना ध्यान केन्द्र सुदूरपश्चिम सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री प्रकाश रावलको निर्वाचन क्षेत्रमा पर्छ ।
विशासना ध्यान केन्द्रको समितिमा उद्यमी पाण्डेय सहित संविधान सभा सदस्य टिकेन्द्र प्रसाद भट्ट र व्यवसायीहरु छन् ।
यस अघि भीमदत्त नगरपालिका ९ ताराकोटमा चुरे फँडानी गरी विपाशना ध्यान केन्द्र बनाउन खोजिएको थियो ।
चौतर्फी विरोध भएपछि डिजिभन वन कार्यालयका तत्कालिन प्रमुख शम्भु प्रसाद तिवारीले रोकि दिएका थिए ।
सुदूरपश्चिम सरकारको ४० लाख बजेटमा पाण्डेयले चुरे क्षेत्रको ताराकोटमा वन कार्यालयलाई जानकारी नदिई संरचना बनाएका थिए ।
भीमदत्त नगरपालिका १० का वडा महेश चन्द लगायत स्थानीयले घन प्रहार गरी ती संरचना भत्काएका थिए ।
सुुदूरपश्चिम सरकारले ८ नम्बर वडाको भम्केनी धामका लागि भने तीन करोड बजेट दिएको छ ।
