ghar sansar

भीमदत्तले सम्झौता कार्यान्वयका लागि आश्वासन दिएपछि खड्काले तोडे अनशन

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सम्झौता कार्यान्वयका लागि प्रतिवद्धता जनाएपछि सामाजिक अभियन्ता राजु सिंह खड्काले तीन दिनदेखि जारी अनशन तोडेका छन् ।

भीमदत्त नगरपालिकासित विगतमा गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै खड्काले नगरपालिकामा अनशन सुरु गरेका थिए ।

खड्काले २०७४ देखि माटो सुरक्षा, बालबालिकाको पोषण र जडीबुटी प्रवद्र्धनको माग गर्दै आएका छन् । खड्का र नगरपालिकाबीच माग पूरा गर्ने सम्झौता भएपछि उनी कार्यान्वयनको आशमा बसेका थिए ।

आफूसित सम्झौता कार्यान्वयन नगरी वेवास्ता गरिएपछि खड्काले अनशन सुरु गरेका छन् । खड्काले वारपारको अन्तिम आन्दोलन भन्दै अनशन बसेका थिए ।

‘मसित भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता भयो, त्यसछि अनशन तोडे’ उनले भने ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थी, वडा अध्यक्षहरु उत्तम कुमार भट्ट, गणेश चन्द लगायतसित छलफल भएपछि अनशन तोड्न खडका सहमत भएका थिए ।

dirghayi clinic

भीमदत्तका उप मेयर निलम लेखक जोशी, प्रवक्ता अवस्थी र प्रमुख प्रशासकीय अधिकृत बासुदेब घिमिरेले मंगलबार खड्कालाई भेटेर सम्झौता कार्यान्वयनको आश्वासन दिएका थिए ।

खड्काले सुदूरपश्चिमका सबै जिल्ला पुगेर जडीबुटी खोजी गरेका छन् । ती जडीबुटी प्रयोग गरी सबै नागरिकसम्म पुगाउनु पर्ने उनी बताउँछन् ।

खड्काले यस अघि केही दिन मदनचोकमा अनशन बसेका थिए ।

समाजलाई ऋण मुक्ति, सुशासन, विषादीरहित स्वस्थ खानाको प्रयोग र विद्यालय जाने बालबालिकाहरूमा पत्रु खाना (जङ्क फुड) को नियन्त्रण हुनु पर्ने, स्वास्थ्य र सामाजिक सुधारका माग राखेका छन् ।

समयदेखि विभिन्न सामाजिक र जनचेतनामूलक अभियानमा सक्रिय खड्काले आफ्ना मागहरूप्रति स्थानीय सरकार र संघ सरकारले वेवास्ता गरेको आरोप लगाएका छन् ।

भीमदत्त ५ का खड्का बालबालिका तथा माटो संरक्षणका लागि यस अघि २०८२ मा बैशाख १८ देखि जेठ ९ गतेसम्म मदनचोकस्थित भेटघाट चौतारीमा अनसन बसेका थिए ।

त्यसपछि नगरपालिकाले सबै वडामा विषादी तथा दुव्र्यसन नियन्त्रण सम्बन्धमा वडा कार्यालयको रोहबर समन्वयमा छलफल गराई ऐन, कानून एवं मापदण्ड अनुसार रसायन विषादी र दुव्र्यसन प्रयोग एवं नियन्त्रण गर्न गराउन सहमति गरेको थियो ।

नगरपालिकाले आर्थिक वर्ष २०८२÷२०८३ का लागि बजेट व्यवस्थापन गरी बालबालिका तथा माटोको परीक्षण गर्ने कार्यका लागि आवश्यक पहल गरि दिन अनुरोध गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...