ghar sansar

के गर्दै छन् भृकुटीमा इलेक्ट्रिक इन्जिनियरिङ्ग पढेका विद्यार्थी, प्रधानाध्यापक महरा भन्छन्– कोही बेरोजगार छैनन्, बेरोजगार बस्ने कुरै छैन

khasi

महेन्द्रनगर । भृकुटी माध्यमिक विद्यालयले केही महिना अघि सरकारी जागिरको नियुक्ति पाएका पूर्व विद्यार्थीलाई सम्मान गरेको थियो ।

एकै पटक सरकारी सेवा प्रवेश गरेका उनीहरूलाई बिद्यालयमा कार्यक्रम गरी खादा र टीका लगाएर सम्म गरिएको थियो ।
भृकुटी माबिका प्रधानाध्यापक केशर सिंह महरा सरकारी जागिर र गैर सहकारी क्षेत्रमा राम्रो माग भएको बताउँछन् ।

पढाई सकेर मात्रै होइन, त्यस अघि नै धेरै विद्यार्थी जागिरे भएको उनले बताए । ‘अहिले प्राबिधिक बिषयको राम्रो माग छ, पास भएर त जागिर पाइ हाल्छ्न, अहिले हाम्रो विद्यालय पढेका चार पाँच जना ब्याक लागेका थिए, हाइड्रोपावरमा जागिर पाएका छन्,’ उनले भने, ‘धेरै विद्यार्थीले बिद्युतमा नाम निकालेका छन्, बेरोजगार बस्ने भन्ने कुरै छैन ।’

व्यवसायिक तथा प्राबिधिक शिक्षा तालिम परिषद (सिटीईभीटी) को सम्बन्धनमा डिप्लोमा इन्जिनियरिङ्ग बिषय पढाई हुदै आएको छ ।

बिद्युतीय लाईन बिस्तारमा पोल चढेर तार तान्ने जनशक्तिको ठूलो खाचो भएकाले माग उच्च भएको प्रधानाध्यापक महरा बताउँछन् ।

बिद्यालयले बजार माग अनुसार जनशक्ति पूर्तिका २०७५ मा इन्जिनियरिङ्ग पढाई सुरु गरिएको थियो । 

dirghayi clinic

हालसम्म तीन ब्याच पास आउट भएका छ्न । बर्सेनि ३८ जना विद्यार्थी भर्ना हुने गरेका छन् ।

गत वर्ष १२ विद्यार्थीले एकै पटक लोक सेवा पास गरेपछि उनीहरुलाई सम्मान गरिएका थियो ।

विद्यालयका ईन्जिनियरिङ्ग संकायका संयोजक चक्र बहादुर महराले विद्यार्थीहरु अध्ययन गरी बर्सेनी लोक सेवा पास गरी जागिरे हुन विद्यालयको लागि निकै नै ठूलो सफलता भएको बताए ।

गत वर्ष सुरेन्द्र जोशी, सागर भट्ट, मदन टुकुरिया, दिनेश चन्द्र ओझा, निशा ओझा, समिर दास, प्रदिप कुँवर, राजेश चौधरी, पारस जोशी, हरिश धामी, कपिल जोशी र दिपेश अवस्थीले नेपाल विद्युत प्राधिकरण पाँचौ तह परीक्षा पास गरी सरकारी सेवा प्रवेश गरेका थिए ।

तीन वर्षे ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग पास गरेका विशेष शाह, सन्तोश खडायत, दिपक चौधरी, महेश अवस्थी, रोहित बोहरा, मदन टुकुरिया, हरिश महरा, हरीश धामी, लोकराज जोशी, ओम प्रकाश जोशी, रविन्स भट्ट नेपाल विद्युत प्राधिकरणमा जागिरे भएका छन् ।

विद्यालयका अनुसार विद्यार्थीहरु सरकारी तथा गैर सरकारी, जल विद्युत आयोजनाहरु चमेलिया, बुढीगंगा, दार्चुलाको नयाँ हाईड्रोपावर, पूर्व मध्य भोटेकोशी हाईड्रोपावर कम्पनीमा कार्यरत छन् ।

विद्यालयमा दुई वर्षे र तीन वर्षे ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग पढाई हुने गरेको छ । २०७५ देखि विद्यालयले ईलेक्ट्रोनिक ईन्जिनियरिङ्ग पढाउँदै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...