ghar sansar

लालझाडीको नौरङ्गाबाट समातिए ब्राउन सुगर सहित तीन जना

khasi

महेन्द्रनगर । कञ्चनपुरमा ३ युवक लागूऔषध सहित पक्राउ परेका छन् । लालझाडीको नौरङ्गाबाट उनीहरुलाई पक्राउ गरिएको छ ।

dirghayi clinic

लालझाडी गाउँपालिका–१ नौरङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ७५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय मनिष राना, २२ वर्षकै श्रवण राना र २४ वर्षका रोहित राना रहेका छन् ।

लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार बेलुका चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Himal dental
सम्बन्धित
Loading...