ghar sansar

रामलिलाका पात्रमाथि अनपेक्षित आरोप लागेपछि दोधारा चाँदनी पुग्यो रामलिला समिति, फर्केर पत्रकार सम्मेलन गर्दै भन्योे– यो बदनाम गर्ने षडयन्त्र हो

khasi

महेन्द्रनगर । दोधारा चाँदनी राम लिलामा एक पात्रलाई अनपेक्षित आरोप बाहिर आएपछि राम लिला समिति कञ्चनपुरका अध्यक्ष शमरजङ्ग बहादुर चन्द सहित पदाधिकारीले दोधारा चाँदनी पुगेर घट्नाबारे जानकारी लिएका छन् ।

समितिका अध्यक्ष चन्द सहितले दोधारा पुगेर आयोजक समितिका अध्यक्ष इन्द्र बहादुर रावत सहित सदस्यलाई भेटेर जानकारी लिएका छन् ।

आयोजक समितिका अध्यक्ष रावतले पात्रबारे हल्ला आएपछि प्रहरीले कुरा गरेको र उनले चोरी हुँदा आफू मञ्चमा भएको जानकारी गराएको उनीहरुलाई बताएका छन् ।

आर्दश रामलीला समितिले बाबाथानमा रामलीला महोत्सव आयोजना गरेको छ । रामलिलामा मोटरसाईकल चोरी भएपछि एक पात्रलाई आरोप लागेको छ ।

रामलीला समिति कञ्चनपुरका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले आरोप पुष्टी नहुँदै विभिन्न मिडियादेखि समाजिक सञ्जाल मार्फत दुष्प्रचार गरिनु दुखत र धर्ममाथि समग्र रामलिलामाथि प्रहार भएको बताए ।

dirghayi clinic

अध्यक्ष चन्दले रामलीलाका एक पात्रमाथि समान्य सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका विषयमा सिधै समग्र रामलीलाको बदनाम गर्ने गराउने भएकाले त्यसतर्फ गम्भिर हुन सरोकारवालालाई आग्रह गरेका छन ।

‘हाम्रो विशुद्ध धार्मिक संस्कृति सरक्षणका लागि लगाईने रामलीला हुन, ‘उनले भने, ‘यसमा कुनै पनि पक्षबाट हुनसक्ने समान्य त्रृटीलाई लिएर समग्र रामलीलाकै बदनाम गर्ने गराउने कसैबाट कुञ्चेष्टा नहोस ।’

१२ बर्षदेखि कञ्चनपुरमा रामलीला सञ्चालन गर्दै आएको र विभिन्न पक्षबाट अनेकन बाधा व्यवधान हुने भएकाले यस यस्ता विषयमा समेत बुझिदिन आग्रह गरिएको छ ।

‘रामलीलाको बदनाम गर्ने गराउने भएकाले समग्र समाज नै भाड्ने काम भएको छ, ‘उनले भने, ‘अब उपरान्त समितिदेखि सरोकारवाला जिम्मेबार हुनुपर्छ ।’

रामलीला समिति कञ्चनपुरका महासचिव नरेन्द्र प्रशाद जोशीले अहिले जिल्लाको दोधाराचाँदनी, महेन्द्रनगर बेदकोटको सुन्दरपुर, बेलौरी, पुर्नवासमा भएको रामलीलामा हुने समान्य त्रृटीलाई लिएर कुनैपनि पक्षबाट उचाल्न नहुने बताए ।

महासचिव जोशीले रात्रीकालिन मेलामा हुने समस्या आपसी समझदारीका साथ समाधानमा जोड दिएका छन ।

Himal dental
सम्बन्धित
Loading...