ghar sansar

दशौं राष्ट्रिय खेलकूदको छनौट प्रतियोगिता उद्घाटनका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री रावलले दिए अनौठो शैलीमा शुभ कामना मन्तव्य, अतिथि खेलाडी सबै दङ्ग

khasi

महेन्द्रनगर । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता जिल्ला स्तरीय छनौट प्रतियोगिता उद्घाटन कार्यक्रममा फरक शैली अपनाएर शुभ कामना मन्तव्य दिएका छन् ।

प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रावलले पोडियममा उभिएर नभई खेलाडी र मञ्चमा आशिन सबै अतिथिसम्म पुग्दै आफ्नो शुभ कामना मन्तव्य राखेका छन् ।

कार्यक्रम सञ्चालक जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले आमन्त्रण गरेपछि रावल शुभ कामना मन्तव्यका लागि पोडियम पुगेका थिए ।

केही समय पोडियममा उभिएर मन्तव्य सुरु गरेपछि उनी खेलाडी बसेको म्याटतिर पुगेका थिए ।

खेलाडीलाई अनुशासन, खेलको महत्व, कञ्चनपुरका राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी लगायतका विभिन्न विषयमा कक्षामा शिक्षकले पढाएझै उनी खेलाडी र मञ्चमा आशिन अतिथिसम्म पुगेका थिए ।

शिक्षक पृष्ठभूमिका रावलले मन्तव्यलाई खेलाडी र अतिथि सबैले पटक पटक ताली बजाएर स्वागत गरेका थिए ।

dirghayi clinic

पूर्व मुख्यमन्त्री रावलले ४५ मिनेट मन्तव्य राखे । उद्घाटन कार्यक्रम समापन गर्दै जिल्ला खेलकूद विकास समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले कार्यक्रमका प्रमुख अतिथि रावलले ४५ मिनेट शुभ कामना मन्तव्य दिएको र उनको मन्तव्य मननीय र सोचनीय भएको उल्लेख गरे ।

उद्घाटन कार्यक्रम समापन गर्दै अध्यक्ष सिंहले कार्यक्रम आयोजनामा केही कमजोरी भएको उल्लेख गरे । ती कमजोरी के हुन भन्ने खुलाएन ।

कार्यक्रममा सहभागीका अनुसार उद्घाटन कार्यक्रममा आइटिएफ कराँते बाहेक अन्य खेलका खेलाडी हलभित्र आएर केही समय बसेर निस्किएपछि अध्यक्ष सिंह असन्तुष्ट भएको हुन् ।

पूर्व मुख्यमन्त्री रावलको नौलो शैलीको शुभ कामना मन्तव्यले खेलाडीमा उत्साह थपिएको प्रशिक्षकहरुले बताए ।

रावलले खेलकूद विकासका लागि प्रदेश सरकारले कञ्चनपुरलाई प्राथमिकतामा राखेको बताए ।

‘यो पालिको बजेटमा यहाँ विभिन्न खेल संरचना निर्माणमा प्रदेश सरकारले बजेट विनियोजन गरेको छ” रावलले भने, “खेलाडीहरुले पदक ल्याउने मात्र नभई अनुशासनमा रही खेलकुदमा अघि बढ्नु पर्छ ।”

उद्घाटन कार्यक्रमको अध्यक्षता खेलकुद समितिका अध्यक्ष सिंहले गरेका थिए ।

कार्यक्रममा सुुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग सदस्य डा. हिरा चन्द, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, कबड्डी संघा अध्यक्ष महेश चन्द, सितोरियो कराते संघका अध्यक्ष गजेन्द्र बहादुर चन्द र जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिंह मौनी लगायत सहभागी खेलाडी, प्रशिक्षक सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...