ghar sansar

पत्रकामाथि धरपकड राम्रो होइन – पूर्व गृहमन्त्री लेखक

khasi

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखकले पत्रकारमाथि धरपकड राम्रो नभएको बताएका छन् ।

महेन्द्रनगरस्थित निवासमा संक्षिप्त कुराकानी गर्दै लेखकले संविधानमा पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गरिएको प्रेसमाथि प्रेसमाथि अवाञ्चित कार्य हुनु नपर्ने उल्लेख गरे ।

‘हाम्रो संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको कुरा छ, त्यस अनुसार प्रेसमाथि व्यवहार हुनु पर्छ, त्यस विपरितका अवाञ्छित कार्य गरिनु हुँदैन’ लेखकले भने, ‘यी संविधान विरोधी कार्य हुन्, धरपकड राम्रो राम्रो होइन ।’

पूर्व गृह मन्त्री लेखकले पत्रकारलाई पक्राउ गरेपछि त्यसको कारण पुष्टि हुनु पर्ने उल्लेख गर्दै पक्राउ धरपकड सबै कानुन अनुसार हुनु पर्नेमा जोड दिए ।

dirghayi clinic

‘कसैले कानुन विपरितका कार्य गरे, अपराध गरे नियन्त्रणमा लिन सकिन्छ, त्यो कानुन अनुसार हुनु पर्छ, पत्रकारले पनि अपराध गरे अरु जस्तै कानुन अनुसार पक्राउ गर्न सकिन्छ’ उनले भने,‘त्यो पक्राउको कारण पुष्टि हुनु पर्छ ।’

संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएकाले पत्रकार र सञ्चार माध्यममाथि हुने धरपकड गर्ने कार्य पुनरावृत्ति हुन नपर्ने लेखकले बताए ।

सरकारले शुक्रबार राजधानीका विभिन्न सञ्चार माध्यममा प्रवेश गरी धरपकड गरेको थियो । सञ्चार माध्यमबाट पत्रकार पक्राउ गरी लगेको केही घण्टापछि छाडिएको थियो ।

पूर्व गृहमन्त्री लेखक काँग्रेस कञ्चनपुरको १५ औं महाधिवेशनका लागि असोज २२ गते गृह नगर महेन्द्रनगर आएका थिए ।

लेखकले काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशन उद्घाटन गरेका थिए । दशैमा पुख्र्यौली जिल्ला बैतडी पुगेर उनी केही दिन अघि मात्रै महेन्द्रनगर फर्किएका थिए ।

काँग्रेस कञ्चनपुरको जिल्ला अधिवेशन लेखकले उद्घाटन गर्ने छन् ।

Himal dental
सम्बन्धित
Loading...