

महेन्द्रनगर । मंगलबार १० औ राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्ला स्तरीय छनौट उद्घाटनपछि कुस्तीका खेलाडी प्रशिक्षक राजेन्द्र चन्दसित प्रशिक्षण केन्द्रमा निस्किए । भीमदत्त नगरपालिका १० सुकासालकी सिनियर खेलाडी बिमला सुनार उनीहरूसंगै थिइन् ।
१० बर्षदेखि कुस्ती खेल्दै आएकी उनी हरेक बर्ष पदक थाप्छिन । ऐठपुरस्थित बाल जागृति कलेज पद्ढादेखि कुस्ती खेल्न थालेकी उनी खेलकुद भविष्य खोज्ने बताउँछिन् ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले शिक्षकले कक्षामा पढाएझै दिएको मन्तव्यले उनी उत्साहित देखिन्थिन् ।
‘वहाँको त्यो शैली देखेर राम्रो लाग्यो’ नले भनिन्, ‘अब हामी पनि राम्रो गरि अघि बढ्न पर्छ ।’
उद्घाटनमा उत्साहित सुनार आफ्नो प्रशिक्षण केन्द्रको अवस्थाबारे बताउँदा भने मलिन र भावुक भइन् । ‘धेरै अफ्ठेरो छ, एकदमै समस्या छ, उचो पनि छैन, स्पेस पनि कम छ’ उनले भनिन्, ‘शौचालय छैन, लाइट छैन, चेन्जिङ्ग रुम छैन, समस्या नै समस्या छ ।’
अहिले उनी यहीं भवनमा छनौट भएर दशौं राष्ट्रिय खेलकूदमा पदक हात पार्ने आशमा छिन् । ‘कर्णालीमा हुँदैछ प्रतियोगिता छ, पदक त यस पाली पनि ल्याउँछौ’ उनले भनिन् ।
कबर्ड हलमा निर्माधिन अधुरो भवनमा तीन महिनादेखि कुस्तीका खेलाडीको प्रशिक्षण सुरु गरिएको हो । त्यस अघि दुई दशकसम्म जिल्ला खेलकुद बिकास समितिको कार्यालयको हलमा प्रशिक्षण हुँदै आएको थियो ।
सामाजिक बिकास कार्यालयले अघिल्लो आर्थिक बर्षदेखि प्रशिक्षण केन्द्र बनाउन सुरु गरेको थियो । तेस्रो आर्थिक बर्ष पुग्दासम्म भवन निर्माण पूरा हुन सकेको छैन ।

कुस्तीका प्रशिक्षक चन्दले भवन बनेपछि कार्यालयको हलबाट सरेको बताए । निर्माण पूरा नभएकाले समस्या भएको उनी बताउँछन् ।
‘पहिला २० बर्षसम्म उतै अफिसको हलमा खेल्यौ, यहाँ आएको त दुई तीन महिना मात्रै भएको छ’ उनले भने, ‘अरु बेला त ठिक छ, पानी परेको बेला खेलाउन सकिने अवस्था छैन ।’
निर्मणाधिन भवन पानी परेपछि चुहिने गरेको छ । प्रशिक्षक चन्दका अनुसार हरेक दिन बिहान ६ देखि ८ र साझ ४ देखि ६ बजेसम्म कुस्ती प्रशिक्षण हुँदै आएको छ ।
सामाजिक बिकास कार्यालयका अनुसार आर्थिक बर्ष २०७१÷०८२ देखि कुस्ती भवन बनाउन सुरु गरिएको हो । पहिलो बर्ष १७ लाखको काम भएर भुक्तानी भएको छ ।
गत आर्थिक बर्ष २०७२÷०८३ मा भवन निर्माणमा २५ लाख बजेट आएको थियो ।
सामाजिक बिकास कार्यालयका प्रमुख भीम बहादुर बुढाथोकीले कुस्ती समितिको निर्णय अनुसार भवन निर्माण सुरु गरिएको बताए । ‘पिलर हालेर टीन लगाएको छ, यो भवन कुस्ती समिति सित निर्णय अनुसार बनाउन थालिएको हो’ उनले भने, ‘वरि परि पर्खाल र तल प्लास्टर लगाइएको छ ।’
कार्यालयले गत बर्ष ठेक्का सम्झौता अनुसार रकम भुक्तानी दिएको कार्यालय प्रमुख बुढाथोकीले बताए । भवनमा चुहिने समस्याबारे कार्यालयलाई जानकारी भएको उनले बताए ।
जिल्ला खेलकुद बिकास समितिसित समस्या समाधानका लागि छ्लफल भएको उनी बताउँछन् । ‘टीन चुहिने समस्या रहेछ, भन्ने छ, खेलकूद समितिसित कुरा भएको छ’ उनले भने, बजेट माग गरे बनाउन सकिन्छ ।’
कुस्ती प्रशिक्षक चन्दले यस बर्ष बजेट आए नआएकोबारे केही जानकारी नभएको वताए ।
‘हामीसित खेल्न अरु बिकल्प छैन, यस्तैमा छ्नौट गरी राष्ट्रिय स्तरसम्म खेलाडी पुगाउँछौ’ उनले भने ।
जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादु सिंहले बजेट अभावले खेल प्रतियोगिता र पूर्वाधार निर्माण कार्य गर्न समस्या भएको बताए ।
