ghar sansar

ब्रह्मदेबको यो गहुँताडी खोलामा बहादुर थापाले हालि दिए छन् बजेट, अनि बन्न थाल्यो पुल, अर्का दुई यी गहुताणीमा चाहिँ कसले बनाई दिन्छ

khasi

महेन्द्रनगर । भीमदत्त ९ ब्रह्म्देबका गोबिन्द महतालाई सिद्धनाथ माध्यमिक बिद्यालय नजिक गहुताडी खोला सानो खोल्सो भएको देखेको सम्झना अझै छ । पानी परेपछि खोलामा पानी बढ्ने र ढुङ्गाको नामो निशान नभएको उनी बताउँछन् ।

‘सानो खोल्सो जस्तो थियो, पानी त परेपछि मात्रै हुन्थ्यो, यो मात्रै होइन, सबै खोला साना नै थिए’ उनले भने, ‘त्यहाँ खोलामा ढुङ्गा थिएन, साना नै थिए ।’

चुरे क्षेत्रको गहताणी मन्दिर नजिक मुहान भएको खोला महतासंगै ठूलो हुँदै गयो । महताको उमेर बढ्दै जाँदा तीनै खोलाले आकार बढाएका छन् ।

अहिले महता बाल्यकालमा देखेका ती साना खोल्ला पानी परेपछि आफैं वारपार गर्न गर्न नसक्ने भएका छन् ।

‘मेरो उमेर बढ्दै गयो,खोला पनि फैलिदै गएर अहिले हिउँद होस वा बर्खा होस, वारपार गर्न सकिदैन’ उनले भने, ‘अहिले यिनै खोला हाम्रा लागि सबै भन्दा ठूला समस्या भएका छन् ।’

गहुताणी मन्दिर नजिक मुहान भएर ब्रह्मदेब र मटेनामा तीन खोला आएका छ्न । त्यस सिद्वनाथ माबि नजिक, त्यो भन्दा अघि र मटेना पिपल चौतारा नजिक भएर बग्ने तीन खोला छन् । तीन खोला गहुताडी नामले चिनिन्छन् ।

सिद्धनाथ माबि र मटेनाको बिचमा पर्ने खोला सबैभन्दा बढी फराकिलो भएको बर्खमा सबै भन्दा बढी बाढी आउने गरेको स्थानीय करन दत्त पैतोलाले बताए ।

‘यहाँ सबै खोलाले क्षति गर्छन्, बर्सनी हुन्छ नोक्सानी, बिचको खोलामा बढी आउँछ, त्यो यी दुई भन्दा बढी चौडा छ’ उनले भने ।

खोला ठूलो भएर वारपार गर्न नसकिने भएपछि स्थानीय बर्षौदेखि पुलको माग गर्दै अएका छन् ।

‘खोलामा पानी आएपछि एक दुई घण्टा यताका यता, उताका उता हुनु पर्छ, स्कुल बन्द गर्न पर्छ’ स्थानीय महताले भने, ‘अहिले बल्ल यो स्कुल नजिक गहुताडीमा पुल बन्दैछ, अब एक खोला अर्को पूल चाहियो ।’

महताले धेरै पहिलेदेखि माग गर्दै आएको बताए । सुदूरपश्चिम सरकारले गत आर्थिक बर्षमा पुल बनाउन बजेट बिनियोजन गरेको थियो ।

पूर्वाधार बिकास कार्यालय कंचनपुरले खोलामा पुल बनाउन सुरु गरेको छ ।

dirghayi clinic

पूर्वाधार बिकास कार्यालयका प्रमुख पदम मडैले पुल निर्माणका लागि एक करोड ९४ लाखमा ठेक्का सम्झौता भएको बताए ।

सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष केशब सिंह नायक ब्रह्ममदेब मात्रै नभएर खल्ला, मुसेट्टीसम्मका बासिन्दालाई पुल चाहिएको बताए ।

स्थानीयले धेरै बर्ष अघि पुल बनाउन माग गर्दै अएकोमा गत बर्ष तत्कालीन आर्थिक मामिला मन्त्री बहादुर सिंह थापासित आफूहरूले जसरी पनि बजेट दिन माग गरिएको उनले बताए ।

‘हामीले तीन ओटै खोलामा पुल माग गरेका थियौ, यो खोलामा आएर पुल बनि रहेको छ’ उनले भने ‘बहादुर दाई नभएको भए त यति पनि नहुने रहेछ ।’

काँग्रेसस संसदीय दलका नेता कमल शाह नेतृत्वको सरकारमा थापा अर्थ र एमालेका सुरेन्द्र पाल भौतिक पूर्वाधार बिकास मन्त्री थिए ।

भीमदत्त ९ सबैभन्दा बढी खोला भएको वडा हो । कामीकाट्टे, गहुताडी, भिमरीगाड खोला लगायत एक दर्जन हाराहारी खोला छन् ।

गहुताडी खोलाको बाढीले बर्सेनी क्षति गर्दै आएको छ । स्थानीयका अनुसार २०७१ र २०७४ को बाढीले सबैभन्दा बढी क्षति पुगाएको थियो ।

यी खोलाले रिगौना खेल मैदानसम्म क्षति पुगाएको स्थानीय महताले बताए । ‘रिगौनासम्म क्षति गर्छन, २०७४÷०७५ मा बढी नोक्सान गरेको थियो’ उनले भने, ‘बाढी आएपछि बजार, खेतमा बालुवा ढुङ्गा फालि दिएको थियो ।’

महाकाली सिँचाई आयोजना तेस्रो चरणले नहर संरक्षणका लागि तटबन्ध गरेपछि पछिल्लो समय क्षति कम हुने गरेको उनले सुनाए ।

भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष गगन सिंह कार्कीले ९ नम्बर वडामा खोलानालाको धेरै ठूलो समस्या भएको बताए ।

‘धेरै समस्या छ, वडाको बजेट यो काम सम्भव छैन’ उनले भने,‘संघ र प्रदेश सरकारले बजेट दिए मात्रै पुल बनाउन सकिने हो ।’

तत्कालिन महेन्द्रनगर नगर बिकास समितिले स्थानीयबाट ४० प्रतिशत जग्गा लिएर नगर बिकास गुरु योजना बनाएर वस्ती बिस्तार गरेको थियो ।

टनकपुर ब्यारेज बनेपछि २०४९ पछि ब्रह्मदेब बजार सञ्चालनमा आएको हो ।

Himal dental
सम्बन्धित
Loading...