

महेन्द्रनगर । सत्तारुढ रास्वपा साँसद ज्ञानेन्द्र सिंह महताले नेता वा साँसदको सिफारिशमा चुनाव लड्न टिकट पाउने नसकिने बताएका छन् ।

रास्वपा भीमदत्त नगर समितिले गरेको शुभ कामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको क्यान्डिेट क्बलमा आवद्ध हँुदैमा टिकट पाउन सकिने आश नगर्न आग्रह गरे ।
‘आज म यस कार्यक्रमबाट क्यान्डिडेट क्लब उम्मेदवारीबारे स्पष्ट पार्न चाहन्छु, यस पार्टीमा कुनै नेता वा साँसदले भनेकै आधारमा कसैले उम्मेदवारको टिकट पाउने होइन’ उनले भने, ‘उम्मेदवार छनौटको विधि, प्रक्रिया अनुसार हुन्छ, योग्यता, क्षमता, जनताप्रति उत्तरदायित्व हुनेले अवसर प्राप्त गर्नेछ ।’
पार्टीमा सामाजिक सञ्जाल भन्दा विधि महत्वपूर्ण साँसद महताले बताए । उनले भने, ‘गुट भन्दा इमान्दारी महत्वपूर्ण हुन्छ, हामीले यही सोचेर अघि बढ्न पर्छ,यहाँ नेतृत्व क्षमता विकास हुन पर्छ, नागरिकसंग संवाद गर्ने संस्कार हुनु पर्छ ।’
