ghar sansar

६० करोड सम्पत्ति पुगाउने निङ्गलाशैनी सहकारीको लक्ष्य

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ गोरबैयास्थित निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को १७ औं साधारण सभाले ६० करोड सम्पत्ति पुगाउने लक्ष्य लिएको छ ।

सहकारीको आ.व. २०८३÷०८३ को अनुमानित आय व्ययमा ६० करोड सम्पत्ति बनाउने अनुमान सहितको कार्यक्रम पारित गरिएको छ ।

सहकारीका अध्यक्ष डम्बर दत्त भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा कञ्चनपुर ३ प्रतिनिधिसभा सदस्य एबम् राष्ट्रिय स्वतन्त्र पार्टीका कृषि, भुमि व्यवस्था तथा सहकारी विभाग प्रमुख ज्ञानेन्द्र सिंह महता प्रमुख अतिथि थिए ।

dirghayi clinic

संस्थाले बन्द सत्रमा संस्थाको विनियमावली संसोधन , बचत नीति, ऋण नीति, निष्क्रिय सदस्यता व्यवस्थापन तथा सदस्यता समाप्ती कार्यविधि, शेयर खरिद विक्री कार्यविधि , कर्मचारी मुल्यांकन तथा कार्य सम्पादन कार्यविधि, धितो मुल्यांङ्कन कार्य विधि, उप समिति गठन तथा परिचालन कार्यविधि , अध्ययन तथा अवलोकन भ्रमण कार्यविधि , कागजात फाईलिङ्ग तथा व्यवस्थापन कार्यविधि, कवाड तथा काम नलाग्ने समान बिक्री कार्यविधि, सम्पत्ति शुद्धिकरण निवारण कार्यविधि, फिट एण्ड प्रपर परीक्षण सम्बन्धी कार्यविधि, सामाजिक परीक्षण कार्यविधिसर्व सम्मत रुपमा पारित भएको संस्थाका उपाध्यक्ष पवनचन्द लेखकले बताए ।

लेखा सुपरिवेक्षण समितिका संयोजक दुर्गा दत्त भट्टले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

सहकारी संस्थाले आ.व. २०८२÷०३ को ४२ करोडको बासलात तथा अनुमाननिय आय–व्यय, प्रस्तावित कार्यक्रम, कार्ययोजना र आ.व. २०८३÷०८३ को ६० करोड सम्पत्ति बनाउने अनुमानि आय – व्यय , आ.व.२०८३÷०८४ का लागि लेखा परिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण सम्बन्धमा, सेवा केन्द्र ÷ सम्पर्क कार्यालयहरु एकिकरण गरि केन्द्रिकृत सेवा प्रारम्भ गर्ने सम्बन्धमा , संस्था एकिकरण गर्ने सम्बन्धमा, स्थिरीकरण कोषमा सहभागिता सम्बन्धमा , औषत शेयर व्यवस्थापन सम्बन्धमा , नियमित बचत तथा सदस्य राहत कोष रकम अनिवार्य जम्मा गर्ने सम्बन्धमा सम्बन्धमा पनि प्रस्ताव परित गरिएको सहकारीका कार्यकारी अधिकृत प्रेम सिंह भाटले बताए ।

संस्थाकी प्रबन्धक बविता चन्द बमले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी गजेन्द्र बहादुर चन्द, सहकारीका पूर्व अध्यक्ष दिपक प्रसाद जोशी, कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गणेश दत्त जोशी, बाणिज्य संघका महासचिव राहुल भट्ट, कञ्चनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, समाजसेवी चन्द्र भण्डारी लगायत सहभागी थिए ।

१२ हजार ९ सय बढी शेयर सदस्य भएको सहकारी संस्थाको कञ्चनपु जिल्ला भरी कार्यक्षेत्र रहेको र संस्थाले बचत तथा ऋणको कार्य बाहेक, मलखादखरिद विक्री, कष्टम हायरिङ्ग सेन्टर, बिऊ श्रोत केन्द्र, स्कुल अफ को अपरेटिभ, सितल चिनीको वाउडर उत्पादन लगायतका क्षेत्रमा कार्यरत छ ।

 

Himal dental
सम्बन्धित
Loading...