ghar sansar

तिहारमा जुवातास खेल्दै गरेका एक सय भन्दा बढी समातिए

khasi

महेन्द्रनगर । यस वर्षको तिहारमा जुवातास खेल्दै गरेका एक सय भन्दा बढी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले जिल्लाभर जुवातास रोकथामका लागि प्रहरी टोली परिचालन गरेको थियो ।

तिहारमा शान्ति सुरक्षा, अमनचयन र चाडवाड मर्यादित बनाउन जुवाताश लगायतका कानुनी रुपमा प्रतिबन्ध खेल्न नखेल्न सार्वजनिक सूचना जारी गरी आग्रह गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले पनि कानुनी रुपमा अवाञ्चित खेल खेल्न कारवाहीको विषय हुने भन्दै सूचना जारी गरेको थियो ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी टेक बहादुर रावतले तिहारमा जुवातास खेल्दै गरेका एक सय भन्दा बढीलाई पक्राउ गरिएको बताए ।

‘एक सय भन्दा बढी हुन सक्छन्, जिल्लाभरबाट पक्राउ गरेका छौ’ उनले भने ।

जुवाका खालबाट तासका गड्डी र नगद रकम पनि बरामद गरिएको छ । छिटुटफट घट्ना बाहेक तिहार शान्ति पूर्ण भएको डिएसपी रावतले बताए ।

 

 

Himal dental
सम्बन्धित
Loading...