

महेन्द्रनगर । वन पैदावार मुद्दामा फरार कञ्चनपुरका एका जना पक्राउ परेका छन् ।

जिल्ला अदालत कञ्चनपुरको २०७५ माघ २९ गतेको फैसलाले अवैध वन पैदावार मुद्दामा ११ महिना ४ दिन कैद सजाय तोकिएको भीमदत्त नगरपालिका ७ हल्दुखाल बस्ने ६३ वर्षीय कर्णबहादुर धानुक पक्राउ परेका हुन् ।
धानुकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार उनकै घर ठेगानाबाट पक्राउ गरेको छ ।
