

महेन्द्रनगर । भीमदत्त नगरपालिका– ४ स्थित सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक एकाईगत साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका लेखा समिति सदस्य तारा प्रसाद पाण्डेयको अध्यक्षता र सल्लाहका समितिका संयोजक सिद्ध राज भट्टको प्रमुख आतिथ्यमा साधरण सभा गरिएको छ ।

सहकारीका कार्यकारी प्रमुख मदन राज भट्ट लगायतका कार्यक्रममा सहभागी भएका छन् ।
साधारण कार्यक्रममा प्रमुख अतिथि भट्टले सहकारीको सफलताको शुभकामना व्यक्त गरे । उनले सहकारी र शेयर सदस्यबीचको आपसी विश्वास, सहकार्य र सुमधुर सम्बन्धले नै सहकारीलाई थप बलियो र सफल बनाउने विश्वास व्यक्त गरे ।

सहकारीका प्रमुख कायृकारी भट्टले पारदर्शी कार्यशैली, व्यवस्थित कारोबार र सदस्यलाई प्रदान गर्दै आएको गुणस्तरीय सेवा दिइरहेको जानकारी दिए ।

साधारण सभामा आर्थिक बर्ष २०८२÷०८३ को बार्षिक प्रतिवेदन, आयव्यय प्रस्तुत गरिएको छ ।
सहकारीले राज्यलाई आर्थिक बार्ष २०८२÷०८३ मा ३३ लाख ६१ हजार २७ रुपैयाँको कर तिरेको संस्थाका कार्यकारी प्रमुख भट्टले उल्लेख गरे ।
कार्यक्रममा उत्कृष्ट बचतकर्तालाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ ।

कार्यक्रममा सहकारीका वरिष्ठ अधिकृत महादेव नाथले सहकारी पारदर्शिता र प्रविधिमा यस क्षेत्रमा अग्रस्थानमा भएको उल्लेख गर्दै मोबाइल बैकिङ्ग र सहकारी का अन्य सुविधा प्रयोग गर्न आग्रह गरे ।
्कार्यक्रम समापन सहकारीका लेखा समिति पाण्डेले गरेका थिए ।
शुक्लाफाँटा नगरपालिका १० झलारीस्थित केन्द्रीय कार्यालय भएको सहकारी सुदूरपश्चिमकै ठूला सहकारीमा परिचित छ ।
