

महेन्द्रनगर । दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत गएका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् ।
स्वागत गर्न आउने पदाधिकारीको तहले दुई देशबीचको सम्बन्ध र भ्रमणलाई दिइएको राजनीतिक महत्त्वको संकेत गर्न सक्छ। त्यसैले विदेशी प्रधानमन्त्रीलाई स्वागत गर्न सरकारको कुन तहका पदाधिकारी खटाइन्छन् भन्ने विषयमा चासो हुन्छ ।


विगतमा नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री आफै विमानस्थल पुगेका उदाहरण पनि छन्। कहिले विदेशमन्त्री र गृहमन्त्री पुगेका छन्।
धेरैजसो भ्रमणमा भने राज्यमन्त्रीले नै स्वागत गरेका छन्। एकपटक त मन्त्री नै नपुगी विदेश मन्त्रालयका उच्च अधिकारीले मात्र स्वागत गरेको उदाहरण पनि छ ।
साभार : सेतोपाटी
