ghar sansar

महाकालीमा पानीको सतह घटेपछि झोलुङ्गे मर्मतका लागि ठेक्का प्रक्रिया थालिने, प्राविधिक अनुमान भन्दा चार गुना कम बजेट माग

khasi

महेन्द्रनगर । महाकाली नदीमा भत्किएको झोलुङ्गे पुल मर्मतका लागि प्राविधिक अनुमान भन्दा चार गुना कम बजेट माग गरिएको छ ।्पुल मर्मतका लागि पाँच करोड बजेट माग गरिएको छ ।

गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि आवागमन पूर्ण रुपमा बन्द छ । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने ऐतिहासिक झोलुङ्गे पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग पाँच करोड बजेट माग भएको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिए ।

ratnam
dirghayi clinic

“माटो परीक्षण गर्नुपर्ने भत्किएको पिल्लर वरपर अहिले पनि पानी बगिरहेकाले हामीले प्राविधिक खटाएर विस्तृत लागत प्रतिवेदन तयार पार्न सकेका छैनौँ”, योजना प्रमुख बुढाथोकीले भने, “नदीमा पानीको सतह घटेपछि अरु प्राविधिक काम सम्पन्न गरेर ठेक्का प्रक्रियामा जान्छौँ ।”

पुलमा क्षति भएपछि त्यसको अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्य प्राविधिक टोली कञ्चनपुर पुगेको थियो ।

टोलीले पुलमा रु सात करोड बराबरको क्षति भएको र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन करिब रु २० करोड लाग्ने अनुमान गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...