

महेन्द्रनगर । प्रेस चौतारी नेपालका पूृर्व उपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ । शुक्लाफाँटा नगरपालिका १ बन्साहाका विष्टका बिहीबार विहान धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
दुई दशक अघि महेन्द्रनगरस्थित तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्दा विष्ट पत्रकारिता लागेका थिए । विष्टको गत महिना आमाको निधन भएको थियो ।

आमाको निधनपछि उनले सामाजिक सञ्जालमा आमाको दशधारा दुधको ऋण तिर्न नसकको भन्दै उनले दुःख व्यक्त गरेका थिए ।

कार्तिक २२ गते आमाको निधन भएपछि उनी किरिया बसेका थिए । किरिया सकिएको केही दिनपछि कलेजो संक्रमण सम्बन्धि पुरानो समस्या बल्झिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
महेन्द्रनगरमा लामो समय पत्रकारिता गरेका उनी केही वर्षदेखिकाठमाडौंमा कार्यरत थिए । पछिल्लो समय उनी राष्ट्रिय समाचार समितिमा कार्यरत थिए ।
प्रेस चौतारीको विराटनगर महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष भएका उनी त्यस अघि केन्द्रीय सदस्य भएका थिए ।
चौतारीको काठमाडौ महाधिवेशनबाट साँगठनिक जिम्मेवारी बाहिर बसेका विष्ट पत्रकारिता क्षेत्रमा सर्बैसित सम्मान पूर्वक बोल्ने र समान व्यवहार गर्ने स्वभावका थिए ।
विष्टको निधनमा प्रेस चौतारी सहित विभिन्न राजनीति दल, पत्रकार, जनप्रतिनिधि लगायतले शोक व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।
