
रेडियन्टका १० विद्यार्थीले यस बर्ष पनि पूर्ण छात्रबृत्तिमा एमबीबीएस अध्ययन गर्दै, विद्यालयले गर्यो सम्मान

महेन्द्रनगर । रेडियन्ट माध्यमिक विद्यालयले चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीए सहित विभिन्न विषयको प्रवेश परीक्षामा छात्रवृत्तिमा अध्ययनका लागि पास भएका विद्यार्थीलाई सम्मान गरेको छ ।
विद्यालयमा कार्यक्रम गरी बिहीबार विहान उनीहरु सबैलाई सम्मान गरिएको छ । विद्यार्थीसंगै उनीहरुका अभिभावकहरुलाई पनि सम्मान गरिएको छ ।

्विद्यालयका प्रिन्सिपल त्रिभुवन चन्द्र भट्ट, शिक्षकहरु बिसन सिंह ऐरी, प्राध्यापक चुडामणी जोशी लगायतले टिका र खादा लगाएर सबैलाई सम्मान गरे ।


रेडियन्टबाट २०८० को एसई उत्तीर्ण विद्यार्थीमध्ये १० जनाले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रबृत्तिमा प्रवेश परीक्षा पास गरेका छन् । यसैगरी बेइचर इन आयुवर्देशिक बाम्स र बीएस्सी नर्सिङ्गमा दुई दुई विद्यार्थी पास भएका छन् ।
शुल्कीय कोटामा विद्यालयाका धेरै विद्यार्थी एमबीबीएस सहितका विषयका परीक्षा पास गरेका छन् ।

विद्यालयका प्रिन्सिपल भट्टले विद्यालयले देशका लागि असल जनशक्ति उत्पादन गर्ने लक्ष्य लिर्दै आएको र विद्यार्थीले अपेक्षा अनुसार अघि बढेको देख्दा विद्यालय गौरबवान्तित भएको बताए ।
विद्यार्थीलाई सम्मान कार्यक्रममा कक्षा ११ र १२ का सबै विद्यार्थी सहभागी भएका छन् ।

