ghar sansar

मुगुका लालकला उपाध्यय दम्पत्तिले बाजुरा आएर रोडमा व्यापार गरी पढाएका थिए छोरा छोरी, कान्छो जय गणेश बन्दै छन् छात्रबृत्तिमा पढेर आयुर्वेदिक चिकित्सक

khasi

महेन्द्रनगर । मुगुको सोरु गाउँपालिका १० धनकोटकी लाल कला उपाध्यय बिहीबार विहान छोराले पढेको रेडियन्ट माध्यमिक विद्यालय पुगिन् ।

उनका छोरा जय गणेश उपाध्ययले रेडियन्टबाट १२ कक्षा पास गरेका थिए । बिहीबार उनी छोरा सहित विद्यालय पुगेकी थिइन् । 

ratnam

विद्यालयमा जय गणेश सम्मानित हुँदै थिए । त्यसका लागि उनी छोरा सहित विद्यालय पुगेकी थिइन् ।

चिकित्सा शिक्षा आयोगले लिएको आयुर्वेदिक चिकित्सा( बेचलर इन आयुर्वेद एण्ड मेडिसिन एण्ड सर्जरी) को प्रवेश परीक्षामा उनले पूर्ण छात्रबृत्ति अध्ययनमा प्रवेश परीक्षा पास गरेका छन् ।

विद्यालयले पूर्ण छात्रबृत्तिमा एमबीबीएस, बाम्स र नर्सिङ्ग अध्ययनका लागि प्रवेश परीक्षा पास गर्ने १४ विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम राखेको थियो ।

उपाध्यय सहित दुई जनाले आयुर्वेद चिकित्सा अध्ययनका लागि पास गरेका हुन् ।

‘ म त पढे लेखेकी केही हैन, छोराले पढेर सम्मान पायो, निकै खुसी छु’ उनले भनिन्, ‘अब छोरोका लागि राम्रो होस यति भन्छु ।’

dirghayi clinic

मुगुमा घरबार छाडेर बाजुरामा सानोतिनो व्यापार गरी छोरा छोेरी पढाएको उनले बताइन् ।

बाजुराबाट एसईई गरेपछि उनी महेन्द्रनगर आएर रेडियन्ट माविमा ११ र १२ कक्षा पढेका हुन् ।

उपाध्यय परिवारका तीन सन्तानमा उनी कान्छा हुन् । बाजुरा मार्तडी बजारमा उपाध्यय परिवारले कपडाको व्यापार गर्दै आएका छन् ।

मातडीमा कपडा व्यापार सुरु गरेको ११ वर्ष पुगेको छ । लोग्ने स्वास्नी दुबै व्यापारमा लागेको उनले बताइन् । ‘रोडमा बसेर व्यापार गरी पढाएको छोरा यसरी सम्मान हुन त मेरा लागि धेरै खुसीको कुरा हो’ उनले भनिन् ।

महेन्द्रनगरमा डेरामा बसेर उपाध्ययले पढेका थिए । कक्षा १२ मा उनलाई छात्रबृत्ति पाएका थिए ।

उपाध्ययलाई सम्मान गर्दा उनी कार्यक्रममा सहभागी थिइन् । विद्यालयले उनलाई पनि सम्मान गरेको छ ।

विद्यालयका प्रिन्सिपल त्रिभुवन चन्द्र भट्ट, शिक्षकहरु बिसन सिंह ऐरी, प्राध्यापक चुडामणी जोशी लगायतले टिका र खादा लगाएर सबैलाई सम्मान गरे ।

रेडियन्टबाट २०८० को एसई उत्तीर्ण विद्यार्थीमध्ये १० जनाले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रबृत्तिमा प्रवेश परीक्षा पास गरेका छन् । यसैगरी बाम्स र नर्सिङ्गमा दुई दुई विद्यार्थी पास भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...