ghar sansar

काँग्रेस नेताले भोट नदिएकाले मृतक महिलालाई न्याय दिन नसकिने बताएपछि आन्दोलन चर्कियो, आक्रोशित स्थानीय नगरपालिका कार्यालय पुगे, जनप्रतिनिधि विरुद्ध नाराबाजी

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटामा बुष्टर डोज लगाएर महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीय न्याय माग्दै नगरपालिका कार्यालय पुगेका छन् । चार दिन अघि महिलाको मृत्यु भएपछि आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरी उनीहरु न्यायका लागि दबाव दिन थालेका थिए । बुष्टर डोज खोप लगाएपछि बागफाँटाकी २० वर्षिया गंगा रानाको मृत्यु भएको थियो ।

स्थानीयले महिलालाई न्यायको माग गरी दबाव अघि बढाउँदा काँग्रेसका केही नेताले स्थानीय तह निर्वाचनमा भोट नदिएकाले न्याय दिन नसकिने अभिव्यक्ति दिएपछि स्थानीय थप आक्रोशित भएका छन् । उनीहरुले नगरपालिका कार्यालय आएर घट्नाको छानबिन गरी खोप लगाउने स्वास्थ्यकर्मीलाई कारवाही, पीडित परिवारलाई क्षतिपूर्ति लगायतका माग गरेका छन् । उनीहरुले जनप्रतिनिधि विरुद्ध नाराबाजी समेत गरेका छन् ।

dirghayi clinic

स्थानीय चरन रानाले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कार्बाही हुनु पर्ने बताए । ‘खोप लगायतका गंगाको मृत्यु भएको छ, केही बिरामी भएका छन, ‘उनले भने, ‘यो खोप पुरानो वा सकिएको हो, किन लगाईयो ।’

मृतक रानाका जेठाजु दशरथ रानाले केही काँग्रेसका नेताले नगरपालिकासंग न्यायका लागि पहल भन्दा पनि काँग्रेसलाई भोट नदिएको भन्दै न्याय दिन नसकिने अभिव्यक्ति दिएकाले आफूहरु न्याय खोज्दै नगरपालिका आएको बताए ।

‘हामीसंग केही काँग्रेसीहरुले तपाईहरुले वडाबाट काँग्रेसलाई मत दिनु भएन, आज माओवादीले वडामा जित्यो, त्यही गएर न्याय माग्नु होस भन्यो, त्यही भएर हामी नगरपालिका विरुद्धमा आन्दोलनमा उत्रिएका हौँ,’ उनले भने ।

गंगाको मृत्युसंगै उनका नाबालक छोरा टुहुरा भएका छन । गंगाका श्रीमान रवी मजदुरी गर्दै घर व्यवहार चलाउँदै आएका छन । स्वास्थ्य केन्द्र बागफाँटाका इन्चार्ज उर्मिला जोशीले गंगा बिहान खोप लगाउनका लागि राम्रो अवस्थामा आएको बताईन् ।

Himal dental
सम्बन्धित
Loading...