ghar sansar

घटाल बहुमुखी क्याम्पस सञ्चालनका लागि अघि बढे मेयर बोहरा, पहिलो कार्यपालिका बैठकबाट गरियो कार्यदल गठन

janjyoti campus

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले सुडास्थित घटाल बहुमुखी क्याम्पस सञ्चालनका लागि पहल अघि बढाएका छन् । उनले  नगर कार्यपालिकको पहिलो बैठकबाट क्याम्पस सञ्चालनका लागि कार्यदल बनाएका छन् ।

‘घटाल बहुमुखी क्याम्पस पालिकाको एक मात्रै सामुदायिक क्याम्पस हो, विद्यार्थी नभएर केही वर्षदेखि बन्द छ’ मेयर बोहराले भने,‘अब यसलाई पालिका आशपास क्षेत्रमा सारेर के कसरी सञ्चालन गर्न सकिन्छ भनेर कार्यदल बनाएका छौ ।’

western public academy

विद्यार्थी संख्या नभएर बेदकोट नगरपालिकाको एक मात्रै क्याम्पस केही वर्षदेखि बन्द छ । बन्द क्याम्पसलाई नगरपालिका कार्यालय आशपास क्षेत्रमा सारेर सञ्चालन गर्न सकिने सम्बन्धी अध्ययनका लागि कार्यदल बनाएका हुन् ।

कार्यदललाई बेदकोट नगरपालिकाको असार ८ गते हुने नगर सभाको दुई दिन अघि नै प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । कार्यदलको संयोजकमा बेदकोट नगरपालिका ३ का वडा अध्यक्ष मोहन गुरुधामी संयोजक छन् । समितिमा वडा नं. ४, ५ र ६ का अध्यक्ष सदस्य छन् ।

मेयर बोहराले संयोजक धामीको प्रतिवेदनका आधारमा क्याम्पस सञ्चालनका लागि नगर सभाबाट नीतिगत निर्णय लिने सोच बनाएका छन् ।

dirhayu

‘असार ६ गतेसम्म कार्यदलको प्रतिवेदन आउँछ, त्यसका आधारमा नगर सभाबाट आर्थिक सहित अन्य स्रोत जुटाउन नीतिगत निर्णय लिन्छौ’ उनले भने,‘त्यसका आधारमा क्याम्पस सञ्चालन प्रक्रिया अघि बढ्छ, नगरपालिकाले सक्ने जति सबै सहयोग गर्छ ।’

सुडास्थित घटाल माध्यमिक विद्यालयमा क्याम्पस सञ्चालन हुँदै आएको थियो । क्याम्पसलाई आफ्नै जग्गामा सञ्चालन हुने गरी नगर कार्यपालिका अघि बढेको हो ।

‘त्यहाँ पनि क्याम्पसको जग्गा जमिन होइन, नगरपालिका नजिक ल्याउँदा यो केन्द्रमा पर्छ’ मेयर बोहराले भने,‘सबैलाई पायक हुन्छ, गरीव, अशक्त, बाहिर जान सनक्ने विद्यार्थी पढ्न सक्छन् ।’

बोहरामा मेयरमा निर्वाचित भएपछि घटाल बहुमुखी क्याम्पसको सञ्चालक समितिले क्याम्पस सञ्चालनका लागि उनलाई माग पत्र बुझाएको थियो ।

सञ्चालक समितिले यस अघि पनि नगरपालिकालाई पटक क्याम्पस सञ्चालनको माग गर्दै आएको थियो । निवर्तमान कार्यपालिका क्याम्पस सञ्चालनमा उदासिन देखिएको थियो ।

बेदकोटको पहिलो कार्यपालिका बैठकले राजश्व परामर्श समिति गठन सहित असार ८ गते नगर सभा गर्ने लगायतका निर्णय गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...