पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाको अठार नम्वर पिल्लर बस्ती विस्तापित हुने अवस्थामा पुगेको छ । माहाकाली नगरपालिका वडा नं. १० को जगबुडा नदीको पारीको नेपाल–भारत सीमा स्तम्भसंग जोडिएको सीमा क्षेत्रमा अवस्थित अठार नम्वर पिललर बस्ती नदी कटानी देखि भारतीयहरुको हेपाहा समस्या खेप्दै आएका छन् ।
जगबुडा नदीले उनिहरुको जग्गा कटान गरेर घर छेउ नदी पुग्न थालेपछि उनिहरु बिस्तापितको संघारमा रहेका छन् । वर्षामा बाढीको कारण उनिहरुलाई ज्यान जोगाउन गाहे हुन्छ भने हिउदमा जग्गा कटानी गरेर हैरानी खेप्नु परेको बताए ।
अठार नम्वर पिल्लर बस्तीका एक स्थानिय डम्मरी ओलीको दुई बिघाह जग्गा नदीले उनको खेती योग्य जग्गा बगाईदिएपछि उनलाई खानाको समस्या ठुलो समस्या परेको छ ।
उनी भन्छन्, ‘दुई बिघाह खेती योग्य जग्गा कटानी गरेर ३ कठ्ठा जग्गा बचेको छ्’ । यस पटकको हिउदे कटानीले उनि मात्रै हैन अठार नम्वर पिल्लर बस्तीका सबै किसान हैरान भएका छन् । अठार नम्वर पिल्लर बस्तीमा ९ घरधुरी छन् । बस्तीमा झण्डै २ सय बिघाह जग्गा रहेको स्थानिय डम्मरी ओलीले बताइन् । अन्य जग्गाधनीको घर जगबुडा नदीको वारी छ । उनीहरु खेतीपाती गर्न मात्रै अठार नम्वर पिल्लर बस्तीमा जाने गरेका छन् ।
अठार नम्वर पिल्लर बस्तीमा बिस्तापित पछि बाँकी रहेका ९ घरधुरीको अवस्था दिन दिनै बिजोग बन्न थालेको छ । अझैसम्म उनीहरुले विद्युत्त सेवा समेत नपाएको पीडा उनीहरुसंगै छ । पक्की तटबन्ध निमार्ण नभए अठार नम्बर पिल्लर बस्ती विस्तापित हुने पक्का छ । अठार नम्वर पिल्लर बस्ती बाहेक अन्य स्थानमा ९ घर परिवारको जग्गा नभएको कारण सबै थोक छाडेर कहाँ जाने भन्ने चिन्ताले सताएको डम्मरी ओली बताउँछिन् ।
विगतमा दर्जनौ घरहरु रहेको यस बस्तीमा जगबुडा नदीले वर्षै पिच्छे जग्गा कटानी गर्न थालेपछि अहिले आएर ९ घर परिवारमा करिब ४० जना परिवार अठार नम्वर पिल्लर बस्तीमा बसोबास गर्दै आएका छन् । सीमा स्तम्भसंग जोडिएको जगबुडा नदीको पारीको बस्तीमा सरकारको नागरिकता र एक झोलुङ्गे पुल बाहेक केही छैन् । उनीहरुको सबै थोकमा भारतीय बजारसंग सम्बन्ध छ ।
बालबालिकाको पठनपाठन देखि लिएर गाउँ, बस्तीमा हँदै आएकोझै झगडाको भएपछि भारतीय पञ्चायतमा उनीहरु धाउने गर्दछन् । यस वर्ष जगबुडा नदीले २ बिघाह खेतीयोग्य जग्गा जगबुडा नदीले काट्न थालेपछि उनीहरु थप त्रसित बनेका छन् । ‘जगबुडा नदीले अझै जग्गा कटानी गर्दै आएको छ’ अर्का स्थानिय ओंम सिंह भाटले भने– ‘सरकारले यसरीनै बस्ती नहेर्ने हो भने केही वर्षमै बस्ती छाडेर भाग्नु पर्ने हो ।’
उनका अनुसार जगबुडा नदीले जग्गा कटान गर्दै घर छेउ पुगाउन थालेको छ । केही दिन अघि मात्रै नव निर्वाचित जनप्रतिनिधिले बस्तीको स्थलगत अनुगमन समेत गरेको उनले बताए । जगबुडा नदी नियन्त्रणको लागि जैविक तटबन्ध बनाउने कुनै औचित्य नरहेको स्थानिय ओंम सिंह भाटले बताए ।
विगतका दिनमा एक गैर सरकारी संस्थाले जगबुडा नदी नियन्त्रणको लागि निमार्ण गरेको जैविक तटबन्ध वर्षाको एकै भेलले बगार लगेको उनको भनाई छ । बस्ती जोगाउनको लागि पक्की तटबन्धको लागि गुरु योजना थाल्नु पर्ने उनीहरुको माग छ ।
जगबुडा नदी कटानी गर्दै उनीहरुको बस्तीतिर सोझिन थालेपछि वर्षयाममा उनीहरुलाई रातको निन्द्रा नै हराएर जान्छ् । नदीको समस्या तथा भारतीय सुरक्षाकर्मीको त्रासका कारण केही महिना अघि मात्रै वान सिंह भाटका ९ परिवार विस्तापित भएर भिमदत्तको पिपरैया बसाई सरेका छन् ।
नदी र सीमा क्षेत्रमा हुने भारतीय ज्यादतीले थुप्रै घर परिवार विगतका दिनमा पलायन भएर अन्यत्र बसाई सरेका छन् । ‘अब जगबुडा नदी घर पुग्न थाल्यो हामी यस वर्षायाममा घर छाड्नु पर्ने भएको छ’ माया देबी सुनारले भनिछन्, ‘सरकारले यो सानो बस्तीको बारे सोचेनन्’ । माया देबी सुनारका अनुसार रकम हुनेवाला अन्य स्थानमा बसाई सरेपनि गरिबहरुले उक्त स्थान छाड्न नसक्ने बाध्यता छन् ।
‘अब आफुहरु कहा“ जाने निकै पिरलो परेको छ्’ अजमेर सिंह भाटले भने– ‘आफुहरुले घर छाडेर अन्यत्र गएमा भारतियहरुले आफ्नो जग्गा अतिक्रमण गर्ने त्यत्तीकै डर छ् ।’ सरकारले समयमै अठार नम्वर पिल्लर बस्तीको नदी नियन्त्रण तथा देखरेख गर्न सके बस्तीलाई जोगाउन सकिने स्थानियहरुको भनाई रहेको छ् ।
भारतियहरुको हातमा रहेको जगबुडा नदी जुनसुकै बेलापनि नदीको पानी खोलेर वर्षा तथा हिउदयाममा बर्सेनी हुने नदी कटान संगैको डुबानको समस्या विकराल हुदै जादा नदी आसपासका जग्गा समेत बालुवामय हुने गरेको छ् ।
बस्तीमा आवागमन गर्न प्रदेश सरकारल झोलुङ्गे पुल निमाणृ गरेपनि वर्षायाममा सम्पर्क बिच्छेद हुने अठार नम्वर पिल्लर बस्तीमा सिमाको रेखदेख लागि पनि बस्ती आवश्यक रहेको जानकारहरु बताउँछन् ।
नेपाल–भारत सीमा संग जोडिएको बस्ती भएको कारण उनीहरुको घरमै भारतीय सीमा सुरक्षा बल (एसएसबी) बन्दुक काँधमा राखेर पानी खान आउँछन् । सीमासंग गाँसिएर भारतीयको मेलजोलमा बस्दै आएका अठार नम्वर पिल्लर बस्तीका स्थानियको भारतीयले गरेको ज्यादतीको बारेमा पीडा पोख्न सक्दैनन् ।
आफ्नो समस्या लुकाएर बस्दै आएको अठार नम्वर पिल्लर बस्तीका स्थानीयले सरकारबाट कुनै प्रकारको सेवा सुविधा पाएका छैनन् । आँगनका छेउमा पिल्लर पारी भारतीय बस्तीमा झलमल विद्युत बलेका हुन्छ् । तर अठार नम्वर पिल्लर बस्ती टुकीको सहाराबाट रात काट्नु बाध्य छ ।