ghar sansar

कृष्णपुरका मेयरले बर्खामा कसरी पठाउलान वस्तीमा ग्राभेल

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले नगरपालिका सबै सवारी साधनलाई ग्राभेल स्टक गर्न लगाएका छन् । उनी बर्खा याममा बिग्रिएको बाटोमा हाल्नका लागि ग्राभेल स्टक गर्न लागेका हुन् ।

स्थानीयले गाउँ गाउँबाट ग्राभेलका लागि नगरपालिकाका सवारी साधनको माग गर्दै आएका छन् । नगरपालिकाले स्थानीयको माग विपरित आफ्ना सबै सवारी ग्राभेल स्टकमा लगाएको छ ।

,orning glory badhai

मेयर ओझा आफैंले धेरै ठाउँबाट सवारी साधनको माग आएको फेसबुकबाट उल्लेख गरेका छन् । ती सबै माग अस्वीकार गरी उनी ग्राभेल स्टकमा लागेका छन् ।

dirghayi clinic

मेयर ओझाले फेसबुकबाट ग्राभेल, ढुङ्गा र बालुवा स्टकका लागि नगरपालिका सबै सवारी खोलमा पठाएको सार्वजनिक गरेका छन् । असार १ गतेपछि खोला बन्द हुने भएकाले अहिले स्टक गर्न थालिएको मेयर ओझाको भनाई छ ।

‘असार १ गतेबाट खोला नालाबाट बालुवा, ग्राभेल, ढुङ्गा आदि उठाउन बन्द हुने भएकाले जेठ ३१ गते सम्म नगर पालिका साधनहरु वर्षा याममा बाटो बिग्रिदा ती बाटा बनाउनका लागि ग्राबेल स्टक राख्न प्रयोगमा छन्’ उनले भनेका छन् ।

कृष्णपुरमा जेसिबि, ट्रिप्पर, ट्रयाक्टर लगायतका सवारी साधन छन् । खोला बन्द नभएसम्म ती सवारी स्थानीयको माग अनुसार प्रयोगमा नआउने देखिएको छ ।

स्थानीय तह निर्वाचनपछि जिल्लाभरका सबै मेयरमध्ये ओझाले मात्रै ग्राभेल स्टक गर्न थालेका छन् । अन्य तहले स्थानीयको माग अनुसार आफ्ना सवारी वस्तीमा पठाएका छन् ।

बेदकोट नगरपाकिाका मेयर भोजराज बोहराले इन्धन खर्च सकिएपछि कार्यालयमा थन्किएका सवारीलाई समेत स्थानीयको माग अनुसार वस्तीमा पठाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...