सार्क एजुकेशन र मलेसियन विश्वविद्यालयबीच जोडियो सम्बन्ध, समझदारी पत्रमा हस्ताक्षर

Amity

महेन्द्रनगर । सार्क एजुकेसन फाउण्डेशसनले शैक्षिक गुणस्तर वृद्धिका लागि मलेसियाको युसीएसआई विश्वविद्यालयसित सम्बन्ध जोडेको छ । फाउण्डेशनको प्लश टु भवनमा मंगलबार आयोजित कार्यक्रममा विश्वविद्यालयका प्रतिनिधिसित समझदारी पत्रमा हस्तारक्षर गरिएको छ ।

विद्यार्थी आदानप्रदान, तालिम र विकासका लागि गरिएको समझदारी पत्रमा फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण वस्नेत र विश्वविद्यालयका निर्देशक डा. टान काउ पाऊले हस्ताक्षर गरेका छन् । यस समझदारी अनुसार सार्क स्कुलका कक्षा ८, ९ र १० का विद्यार्थीलाई तालिम दिने, अध्ययनका लागि मलेसिया जान सक्ने र मलेसियाबाट विद्यार्थी आउन सक्ने भएका छन् ।

janjyoti campus

फाउण्डेसनले कार्यक्रममा कक्षा ११ र १२ का व्यवस्थापन संकायका विद्यार्थीहरुका लागि मलेसिसा भियतनाम बिजिनेश चेम्बरसित पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । चेम्बरका पूर्व अध्यक्ष तथा लिडिङ्ग ब्युजिनेश इन्टरप्रेनियर डा. सीमिले र फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत वस्नेतले हस्ताक्षर गरेका छन् ।

फाउण्डेशसनले यस वर्षदेखि कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको पठनपाठन सुरु गरेको छ । समझदारी पत्रमा हस्ताक्षरसंगै प्लुट पठनपाठनको पनि औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

फाउण्डेशसनका प्रमुख कार्यकारी अधिकृत वस्नेतले समझदारी पत्रमा हस्ताक्षरले फाउण्डेशसनको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘यो समझदारीले फाउण्डेशन र विश्वविद्यालय दुबैको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्छ’ उनले भने ।

फाउण्डेशनसित समझदारी पत्रमा हस्ताक्षरका लागि विश्वविद्यालयका निर्देशक डा. पाउ सहित मलेसिसा भियतनाम ब्युजिनेश चेम्बरका पूर्व अध्यक्ष डा. सीमि, मलेसियाका पूर्व विदेश मन्त्रीका प्रेस सेक्रेटरी मनिमरण सुप्पिह लगायतका महेन्द्रनगर आएका छन् ।

कार्यक्रममा तीनै जनाले मन्तव्य राख्दै शिक्षाबाट विकास र उन्नति गर्न सकिनेमा जोड दिए । कार्यक्रम अघि उनीहरुलाई प्रवेशद्वारमा ढाका टोपी र खादा लगाएर स्वागत गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले शिक्षा नीतिलाई परिवर्तन गर्नु पर्ने आवश्यकता देखिएको उल्लेख गर्दै नेपालको पहिचानलाई विश्वमा चिनाउन पर्ने बताए ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले शिक्षाले सभ्य समाज निर्माण, विकास र उन्नति हुने भएको उल्लेख गर्दै फाउण्डेशनले छोटो अवधिमा विदेशी विश्वविद्यालयसंग सम्बन्ध राम्रो सराहनीय कार्य भएको बताए ।

कार्यक्रममा सिद्धनाथ विज्ञान क्याम्पसका प्राध्यापक डा. चुडामणी जोशी, वरिष्ठ समाजसेवी लिलाध्वज वस्नेत, टिकटक स्टार अंशु बर्मा, उद्यमी माया भट्ट लगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
विद्यार्थीहरुले कार्यक्रममा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।

ghar sansar
सम्बन्धित
Loading...