ghar sansar

भीमदत्तको श्वेतपत्रमा राखिएन अशुल्न पर्ने महाकाली नदी रोयल्टीको १४ करोड बढी रकम

नगर प्रवक्ता भन्छन्– यसबारे विस्तृत रुपमा बुझ्न पाएका छैनौ, विज्ञ पनि राख्न सकेका छैनौ

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले अघिल्लो कार्यकालको आर्थिक दायित्व श्वेतपत्र जारी गरी सार्वजनिक गरेको छ । नगरपालिका कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको श्वेतपत्रमा दायित्व मात्रै देखाएर अशुल गर्नु पर्ने करोडौ रकमलाई वेवास्ता गरिएको छ ।

नगरपालिकाले अशुल गर्नु पर्ने रकम श्वेतपत्रमा समावेश नभएपछि पत्रकारहरुले किन उल्लेख नगरिएको भनेर प्रश्न गरेका छन् । नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले महाकाली नदीको रोयल्टी वापतको लिनु पर्ने १४ करोड बढी रकम सम्बन्धी विस्तृत रुपमा बुझ्न नपाएको जवाफ दिएका छन् ।

mantra hos123

‘महाकाली नदीको रोयल्टी वापत उठाउनु पर्ने रकमबारे विस्तृत रुपमा बुझ्ने पाएको छैन’ पत्रकार सम्मेलनमा उनले भने,‘अहिले कानुन विज्ञ पनि राख्न पाइएको छैन ।’

नगर प्रवक्ता खड्काले रोयल्टी रकम अशुलीका लागि ताकेता र उपल्लो अदालतमा अपील गर्ने बताए । ‘अशुल उपर गर्न ताकेता गर्छाै, अपील पनि गरेर अघि बढ्छौ’ उनले भने ।

महाकाली नदीको चार लेन पुल निर्माणको ठेकेदार कम्पनी कुमार÷सिएफईसीले भीमदत्तलाई रोयल्टी वापतको १४ करोड बढी रकम तिर्न बाँकी छ । ठेकेदार कम्पनीले रोयल्टी रकम तिर्न उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा परेको रीट खारेज भएपछि पनि रोयल्टी तिर्न आनाकानी गर्दै आएको छ ।

ठेकेदार कम्पनीका इन्जिनियर किशोर पाण्डेयले भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, महाकाली पुल आयोजना र भवानी कन्स्ट्रक्सनलाई विपक्षी बनाएर उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा रिट दायर गरेका थिए ।

अदालती फैसला अनुसार नगरपालिकाले रोयल्टीका लागि ताकेता गर्दा पनि ठेकेदार कम्पनी आलटाल गर्दै आएको छ । अघिल्लो कार्यकालमा रोयल्टी अशुलीका लागि सर्वोच्च अदालतमा जाने कानुन व्यवसायीसित छलफल गरिएको थियो ।

महाकाली पुल आयोजनाले पुल र सडक निर्माणमा प्रयोग गरिएको रोयल्टीको तथ्याङ्कका आधारमा नगरपालिकालाई १४ करोड बढी रकम तिर्न देखिएको हो । चार वर्ष अघि महालेखा परीक्षकको कार्यालयले ठेकेदार कम्पनीको नाममा अढाई करोड रोयल्टी अशुल गर्नु पर्ने देखाएको थियो । त्यसलाई अशुलीका लागि नगरपालिकाले ठेकेदारलाई ताकेता गरेपछि मुद्दा अदालत पुगेको थियो ।

Himal dental
सम्बन्धित
Loading...