ghar sansar

दोधारा चाँदनीमा आधारभूत मानवीय मापदण्ड सम्बन्धी तालिम

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनीमा आधारभुत मानविय मापदण्ड सम्बन्धी दुई दिने तालिम आज सम्म भएको छ । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ९ स्थित अम्बिका माध्यमिक बिद्यालयमा संचालन भएको आधारभुत मानविय मापदण्ड सम्बन्धी दुई दिने तालिम आज सम्पन्न भएको नेपाल गरेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् ।

बाढी आउनै नदिने, समयमा बाढीको रोकथाम, विपद् जोखिम न्यूनीकरण गर्ने लगाएतका मानविय मापदण्डको पूर्व तयारी विषयमा तालिममा सहभागीहरुलाई सिकाईएको बताईएको छ् । दोधारा चा“दनीको वडा नं. ८, ९ र १० वडाका स्थानियहरु बिगत लामो समय देखि बाढीको पिडा झेल्दै आएका छन् ।

,orning glory badhai
dirghayi clinic

बाढी आउनु पुर्व सुचना प्रणाली मापदण्ड, आउदा र आएपछिका मानविय मापदण्डको बिषयमा सहभागीहरुलाई तालिम सिकाईएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

बाढी आउनु पुर्व सुचना प्रणाली मापदण्ड, आउदा र आएपछिका मानविय मापदण्डको बिषयमा सहभागीहरुलाई छलफल तथा जानकारी गराईएको डिसीए नेपालका जलवायु परिवर्तन तथा बिपद् ब्यवस्थापन तथा मानविय सहायता परियोजनाका कार्यक्रम संयोजक दिनेश गुरुङ्गले जानकारी दिएका छन् ।

तालिमको सहजीकरण डिसीए नेपालका जलवायु परिवर्तन तथा बिपद् ब्यवस्थापन तथा मानविय सहायता परियोजनाका कार्यक्रम संयोजक दिनेश गुरुङ्ग, दोधारा चा“दनी नगरपालिका कार्यालयका बिपद् स्रोत व्यक्ति तथा नेपाल रेडक्रस सोसाईटी कञ्चनपुर शाखाका मन्त्री रघुनाथ भट्ट, डिसीए नेपालका जलवायु परिवर्तनका बिज्ञ राजन थापा, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का प्रभुनिधी पन्त, जलवायु परिवर्तनका प्राबाधिक गणेश ठगुन्नाले सहजीकरण गरेका थिए । तालिमका एक सहभागी आशा चन्दले तालिम पश्चात बिपद्को बेला आधारभुत मानविय मापदण्डको बारेमा जानकारी भएको बताउदै बाढी आएमा आफुहरुले मानविय मापदण्डको पालना गर्ने बताए ।

तालिम नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को आयोजना र डिसीए नेपालको समन्वयमा तालिम सम्पन्न भएको हो ।

Himal dental
सम्बन्धित
Loading...