ghar sansar

पत्रकार पक्राउ प्रकरण : महासंघले एसपीलाई बुझायो ज्ञापन, एसपी चौधरी भन्छन्– संलग्नलाई कारवाही गर्छु, आगामी दिनमा दोहोरिन दिन्न

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरले पत्रकार रनि विवशलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्नालाई कारवाही गर्न माग गरेको छ ।

महासंघले मंगलबार प्रहरी उपरीक्षक श्याम सिह चौधरीलाई ज्ञापन बुझाएर प्रहरी निरीक्षक ठगुन्नामाथि छानबिन गरी कारवाहीको माग गरेको हो । महासंघको नेतृत्वमा अग्रज पत्रकार सहितको टोलीले दिउँसो प्रहरी कार्यालय पुगेर ज्ञापन बुझाएको छ ।

,orning glory badhai
dirghayi clinic

‘आगलागी सम्बन्धी रिपोर्टिङ्ग गरि रहेको समयमा सार्वजनिक शान्तिको विरुद्ध अपारध गरेको आरोप लगाउँदै विना कारण प्रहरीले पक्राउ गरेको घट्नाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ प्रहरी उपरीक्षक चौधरीलाई बुझाइएको ज्ञापनमा भनिएको छ, ‘समाचार संकलनको दौरान घट्नास्थलमा उपस्थित पत्रकारले आफ्नो परिचय दिँदा दिँदै प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले विना कारण पक्राउ गरिएको घट्नाले राज्यले शान्ति सुरक्षा गर्नको साटो स्वयम् उद्धत भएको महसुुस भएको छ ।’

प्रहरी उपरीक्षक चौधरीलाई बुझाइएको ज्ञापनमा प्रहरीलाई घट्ना सम्बन्धी सोध्ने वित्तिक्कै दुःख दिने कार्य निन्दनीय भएको उल्लेख गर्दै पक्राउमा संलग्न प्रहरी प्रहरी अधिकारीमाथि छानबिन गरी कारवाही गर्न माग गरिएको छ । महासंघले आगामी दिनमा पत्रकारसित दुव्र्यवहारका घट्ना नदोहो¥याउन समेत चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामी, वरिष्ठ पत्रकार खेम भण्डारी, निवर्तमान अध्यक्ष विष्णु अवस्थी, पूर्व अध्यक्ष लक्ष्मण तिवारी लगायतले घट्नास्थलमा रिपोर्टिङ्गमा खटिएका पत्रकारलाई पक्राउ गरिनु निन्दनीय भएको बताए ।

प्रहरी उपरीक्षक चौधरीले घट्ना संलग्न प्रहरी अधिकृतलाई कारवाही गर्ने उल्लेख गर्दै आगामी दिनमा यस्ता घट्नो दोहोरिन नदिने प्रतिवद्धता जनाए ।

Himal dental
सम्बन्धित
Loading...