एमालेले उप मेयरमा टिकट नदिएका राना बने बेदकोटमा न्यायिक समिति सदस्य

lotus institute

महेन्द्रनगर । बेदकोट नगरपालिकाको न्यायिक समितिमा दुई सदस्य चयन गरिएका छन् । बेदकोट नगरपालिकाको ११ औं नगर सभाबाट लक्ष्मण राना र उमापति भट्ट न्यायिक समिति सदस्यमा चयन गरिएका छन् ।

समितिको संयोजकमा नगरपालिकाका उप प्रमुख तुलसी जोशी छन् । स्थानीय तहका उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन हुने व्यवस्था छ ।

morning glory
Mahendranagar

न्यायिक समिति सदस्य भएका राना बेदकोट नगरपालिका २ र अर्का भट्ट वडा नं. ४ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । एमालेले उप मेयरको टिकट नदिएपछि न्यायिक समिति सदस्य राना वडा सदस्य चुनाव लडेका थिए ।

स्थानीय तह निर्वाचनमा एमालेले साविक सुडाबाट मेयरमा सुशिला सिहलाई मेयरको टिकट दिएपछि रानाले उप मेयरको टिकट पाउने सम्भावना देखिएको थियो ।

एमाले प्रदेश कमिटीले साविक सुडाकी पार्वती जोशीलाई उप मेयरको टिकट दिएपछि राना वडा सदस्य लडेका थिए । एमाले केन्द्रीय सदस्य एवम् कृपाराम राना नजिक भएका कारण रानालाई उप मेयरको टिकट दिन रोकिएको थियो ।

saark school
सम्बन्धित
Loading...