माओवादीका इन्चार्जले वडा सदस्यमाथि हातपात गरेपछि वडा कार्यालयमा तालाबन्दी

महेन्द्रनगर । बेदकोट नगरपालिका ६ का वडा सदस्य जयदेव पन्तमाथि हातपात गरिएपछि वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा कार्यालयमा छलफल भई रहेका बेला माओवादी केन्द्रका वडा इन्चार्ज बासु भट्टले हातपात गरेपछि काँग्रेस वडा समितिले भट्टलाई कारवाहीको माग गर्दै कार्यालयमा तालाबन्दी गरेको छ ।

तालाबन्दीपछि वडा कार्यालयमा सबै कामकाज बन्द भएका छन् । काँग्रेसका वडा सभापति जयदत्त जोशीले विज्ञप्ति प्रकाशित गरी हातपात गर्ने भट्टलाई कारवाही नभएसम्म वडा कार्यालयमा तालाबन्दी नखोलिने चेतावनी दिएका छन् ।

काँग्रेस वडा सभापति जोशीले माओवादी इन्चार्ज भट्टले हातपातपछि ज्यान मार्ने धम्की दिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

बेदकोट नगरपालिका ६ मा वडा अध्यक्ष बाहेक चार सदस्य काँग्रेसका छन् । वडा अध्यक्ष माओवादी केन्द्रका हुन् ।

Sisu
सम्बन्धित
Loading...