
महेन्द्रनगर । पुर्नवास नगरपालिकाका किसानलाई अदुवा र हल्दी खेतीका लागि बिउ किसानलाई सहयोग गरिएको छ । स्वीट नेपाल कञ्चनपुरले युएनडिपी नेपाल र पुनर्वास नगरपालिकाको सहयोगमा सञ्चालित एकीकृत जीविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत २३ जनालाई अदुवा र २६ जनालाई हल्दी खेती गर्न सरहयोग गरिएको छ ।
स्वीट नेपालका कार्यक्रम व्यवस्थापक अमित सुनारका अनुसार प्रत्येक किसानले ३ देखि ५ कटटाका दरले ब्यवसायिक रुपले लगाउनुपर्ने र प्रत्येक कटटाका लागि अदुवामा ८० किलो बिउ र हल्दीका लागी ६० किलो बिउका दरले किसानलाई बिउको सहयोग गरिएको छ ।
सबै किसानहरु लाई फाउडो,कोदालो,दाते बिषादी र २ बोराका दरले अर्गानिक मल समेत दिईएको हो । उक्त कार्यक्रममा पुर्नबास नगरपालिकाको वडा न १ र २ का ४९ किसानहरु लाई सहयोग गरिएको छ ।
किसानहरुको सहयोग कार्यक्रमको अध्यक्षता स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा र प्रमुख अतिथी पुर्नबास नगरपालिकाका नगर उपप्रमुख भुलिया राना थिइन् ।
उनीहरु दुबै जनाले संयुक्त रुपमा किसानलाई समान हस्तान्तरण गरे । कार्यक्रममा कृषि शाखा प्रमुख कर्ण बहादुर शाही, जनप्रतिनिधि, राजनीतिक दल, किसान, पत्रकार सहभागी भएका छन् ।
स्वीट नेपाल कञ्चनपुरले यस बर्षदेखि पुर्नबास नगरपालिकामा कोभिडबाट रोजगारी गुमाई नेपाल फर्केका,दलित, जनजाती,बिपन्न समुदायमा ब्यक्तिहरु तथा एकल महिला लगायत कम्तिमा ७० प्रतिशत महिला किसानहरुका लागी परियोजना संचालनमा ल्याएको छ ।
