ghar sansar

भीमदत्तले ल्यायो सुदूरपश्चिममै सबैभन्दा बढी बजेट, धनगढी उप महानगरलाई नै पार्यो पछाडि

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बजेट ल्याएको छ । भीमदत्त नगरपालिकाको ११ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि १ अर्ब ८४ करोडको बजेट पारित गरिएको हो ।

नगर सभाबाट पारित यो बजेट सुदूरपश्चिम प्रदेशका सबै ८८ स्थानीय तहमध्ये सबैभन्दा बढी हो । भीमदत्तले आगामी बजेटमा आन्तरिक स्रोतबाट २३ करोड आम्दानी हुने अनुमान गरेको छ ।

Anant bahu travels

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले नगर सभामा पेश गरिएको नीति, कार्यक्रम र बजेट छलफलपछि पारित गरिएको बताए ।

सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी महानगरपालिकाको बजेट पनि भीमदत्तको भन्दा एक करोड कम छ । धनगढी उप महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ८३ करोड करोड ल्याएको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिकाले मंगलबार आगामी वर्षको नीति, कार्यक्रम र बजेट नगर सभामा पेश गरेको थियो । शुक्रबार नीति, कार्यक्रम र बजेटमाथि छलपल गरी पारित गरिएको हो ।

नगर सभामा नगर प्रमुख पदम बोगटीले नीति तथा कार्यक्रम र उप प्रमुख निलम लेखक जोशीको तर्फमा भीनपा ४ का अध्यक्ष सुशिल कुमार भट्टले बजेट प्रस्तुत गरेका थिए ।

नगर सभाबाट पारित गरिएको नीति तथा कार्यक्रममा पूराना कार्यक्रम सहित एक वडा एक खेल मैदान’, एक वडा एक उद्यम’, ’दक्ष महिला समृद्ध परिवार’, उत्कृष्ट व्यावसायिक किसान नगरको सान लगायतका कार्यक्रम पारित गरिएका छन् ।

धनगढी उप महानगरपालिकाले आन्तरिक आयमा २६ करोड ७९ लाख २४ अनुमान गरेको छ ।

उप महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ मा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाको बजेट ल्याएको थियो ।

Himal dental
सम्बन्धित
Loading...