Sarsoti

खादा लगाएर मन्दिरमा जान्छन् कम्युनिष्ट, साँसद खड्काले गरे कालिका मन्दिर उद्घाटन

lotus institute

महेन्द्रनगर । सुदुरपश्चिम प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले शुक्लाफाँटा नगरपालिका ४ आशापुर टोलस्थित कालिका मन्दिर उद्घाटन गरेका छन् ।

Mahendranagar

प्रदेश सरकारको ५ लाख बजेटमा मन्दिरको घेरबार गरिएपछि साँसद खड्काले शनिबार रिबन काटेर उद्घाटन गरेका छन् । साँसद खड्काले स्थानीयलाई पुजाआजा गर्न सहयोग पुग्ने अपेक्षा आफुले लिएको बताए ।

morning glory

आगामी दिनमा पनि आफुले अन्य समस्या समाधानका लागि पहल गर्ने आवश्वासन दिए । स्थानीयले साँसद खड्कासित सिंचाई गर्न असहज भइरहेको बाटो व्यवस्थित बनाउनु पर्ने लगायतका माग राखेका छन् ।

मन्दिरमा स्थानीय ४० घर परिवारलाई पूजाआज गर्न सहज हुने स्थानीय बताउँछन् । मन्दिर नहुँदा पिपलको बोटमुनी पुजाआजा गर्नुपर्ने बाध्यता रहेको थियो ।

saark school
सम्बन्धित
Loading...