Sarsoti

पश्चिमी सीमा नाकामा पर्यटक सहायता कक्ष स्थापना

lotus institute

महेन्द्रनगर । सुदुरपश्चिम प्रदेश सरकारले पश्चिमी सीमा नाका गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरेको छ । प्रदेश पर्यटन विकास कार्यान्वयन इकाईको सहयोगमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकीको समन्वय र होटल व्यवसायी संघ कञ्चनपुरले पोष्ट स्थापना गरेको हो ।

Mahendranagar

प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले बुधबार सहायता कक्षको उद्घाटन गरेका छन् । उनले कक्षबाट नाकामा आउने पर्यटन र स्थानीयलाई फाईदा पुग्ने बताए ।

morning glory

गड्डाचौकी नाका हुँदै उत्तर महाकाली कोरिडोर निर्माण गरेर उत्तरमा चीन र दक्षिणमा भारतसंग जोड्नका लागि गन्तव्य निर्माण भई रहेको उल्लेख गर्दै उनले पर्यटन विकासका लागि आफूले थुप्रै योजना अघि बढाएको दावी गरे ।

saark school
सम्बन्धित
Loading...