शिक्षाको भोक : छोरा छोरीसंगै विद्यालय पढ्न जान्छिन् आमा

धन बहादुर विक
पुनर्वास । शिक्षा आर्जन गर्नलाई उमेरले छेक्दैन उदाहरण पुनर्वास नगरपालिका ६ सुकुम्बासी बस्तिकी पार्वती सुनारले देखाएकी छिन् ।

उमेरले नेटो नकाटे पनि दुई सन्तानकि आमा पार्वती अहिले २७ बर्षकि भईन । जेठो छोरा रेशम सुनार ११ बर्ष र कान्छो छोरा ७ बर्षका छन । दुई छोराहरू हुर्कदै गर्दा बिद्यालय छोडेको १२ बर्षपछि पार्वतीले आफ्नो अधुरो रहेको अध्ययन लाई निरन्तरता दिन थालेकी छन् ।

janjyoti campus

यसै शैक्षिक सत्रदेखि स्थानीय जीवन ज्योति माविमा कक्षा ७ मा भर्ना भएकी पार्वती सुनार र उनका जेठा छोरा पनि सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । आकाशे सर्ट र निलो स्कर्ट पहिरियर छोरा संगै नियमित बिद्यालय जाने र बिद्यालय मा पनि अन्य बिध्यार्थीसंग मिलेर बस्ने गर्छिन पार्वती सुनार ।

करिब १२ बर्ष अघि कक्षा ८ मा पढ्दापढ्दै १५ बर्षको उमेरमा गाउले युवक यम बहादुर सुनारसंग माया प्रेम बसी बिवाहा बन्धनमा बाँधिएकी सुनारले पढाइ छोड्नु परेको थियोे ।

सुकुम्बासी बस्तिमा बसोबास गर्ने पार्वती दम्पत्ति आर्थिक अभावका कारण जीविकोपार्जनका लागि भारततिर धाउने गरेको र भारतमा काम गर्दा शिक्षाको अभाव खटिएकाले नेपालमा आएर अधुरो पढाईलाई पूरा गर्ने अठोट लिएको उनले बताईन । रोजगारीका लागि भारतमा रहँदा अरूले अङ्ग्रेजीमा कुराकानी गरेको देख्दा अनि आफूलाई होच्याएको सुन्दा ईख्खिएर नेपालमा आएर पुनः अधुरो रहेको पढाईलाई पूरा गर्ने लक्ष्य लिएको उनले बताईन् ।

आफुले फेरि पढ्ने ईच्छा जागेको कुरा श्रीमान यम बहादुर सुनारलाई सुनाउदा श्रीमान एक पटक हाँसेको र त्यसपछि सहमति दिनुभएको उनी बताउँछिन् । घरका अन्य सदस्य सासू , जेठाजु र देवर सबैले सहयोग गर्नेगरेको उनले बताईन् ।

आर्थिक रूपमा दयनीय अवस्था छ , सरकारको जनता आवास कार्यक्रम अन्तर्गत दुई कोठे टिनले छाएको घर र घर वरिपरि सडक मार्गले नछोएको करिब ७÷८ कट्टा एैलानी जग्गामा बसोवास छ सुनार परिवारको । खासै उबजाउ जग्गा नभएकोले परिवार भरणपोषण का लागि श्रीमान जेठाजु र देवर भारततिरै धाउनुपर्ने बाध्यता छ ।

पढाइमा केही कमजोर देखिएपनि पढ्ने ईच्छा र साहस गरेकोमा खुसी हुँदै विद्यालयका शिक्षक शिक्षिकाले उनलाई सम्मान तथा हौसला दिने गरेका छन् । थोरै कमजोर छिन् तर जिज्ञासु छिन यो नै ठुलो कुरा हो शिक्षक युवराज सुंयेलले भने ।
नियमित अध्ययन गर्दै गरिन भने कक्षा १२ सम्म कुनै अतिरिक्त शुल्क नलिने विद्यालय का प्रधान्याध्यापक भरत कुमार बस्नेतले बताए ।

ghar sansar
सम्बन्धित
Loading...